Responsive Ad Slot

latest

श्रीमानद्धार सुत्केरी श्रीमतिको हत्या I

Monday, March 19

/ by Admin BHOLA THAPA
काभ्रेपलाञ्चोक
६ चैत । काभ्रेपलाञ्चोकपरिवारको अन्य सदस्य सरह काम गर्न खेतबारीमा नगएको भन्दै सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गाविसमा आफ्नै श्रीमानले सुत्केरी श्रीमतीको हत्या गरेका छन् ।

गत शनिबार श्रीमतीको हत्यापछि पक्राउ परेका सुदीप भट्टराइले प्रहरी बयानमा श्रीमतीको हत्या आफूले गरेको स्वीकार गरेका हुन् । सुदीपले श्रीमती शर्मिला भट्टराइको हत्या रिसको झोकमा गरेको बताएका छन् । काम गर्न जान नसक्ने भएपछि आफूले शुक्रबार बेलुकी पनि श्रीमतीलाई कुटपिट गरेको उनले स्वीकारेका छन् ।
बुइगलमा पटुका फुकालेर हात्महत्या गर्न खोज्दा सुदिपले नाइलनको डोरीले घाँटी कसिदिएको प्रहरीसँग बयान दिएका हुन् । प्रहरीले लिएको प्रारम्भीक बयानमा सुदीप एक्लैले मात्र हत्या नगरेको पाइएको प्रहरी निरीक्षक राजभण्डारीले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI