Responsive Ad Slot

latest

फिल्म निर्देशकको 'पाताल' यात्रा I

Tuesday, March 27

/ by Admin BHOLA THAPA
वासिंगटन, १४ चैत । (एएफपी)- महासागरमा जहाज डुब्दाको वियोगान्त फिल्म 'टाइटानिक' बनाउने निर्देशक जेम्स क्यामेरनले सोमबार आफैं डुबुल्की मारे। सायद फिल्मको पात्र ज्याक (लियोनार्दो डि क्याप्रियो) भन्दा गहिराइमा पुग्न सफल भएका छन् क्यामेरन। उनी प्रशान्त महासागरको त्यो पिँधमा पुगे, जसलाई संसारकै सबभन्दा गहिरो विन्दु भनिन्छ।

एउटा पनडुब्बी यानमा क्यामेरनले समुद्रको सतहदेखि ११ किलोमिटर गहिराइमा यात्रा गरे। उनी पुगेको ठाउँको तापक्रम पानी जम्नेभन्दा केहीमात्र न्यानो र चाप समुद्र सतहको भन्दा हजार गुणा बढी हुन्छ।

'चन्द्रमा पुगेजस्तै लाग्यो, निकै एकान्त र सुनसान ठाउँ रहेछ,' यात्राबाट फर्किएपछि क्यामेरनले अनुभव सुनाए, 'कुनै अर्को ग्रह पुगेर फर्केजस्तो लाग्यो, समुद्रको पिँध एउटा बाहिरी ग्रहको सतहजस्तो रहेछ।'

ग्वामदेखि दक्षिणपश्चिमी क्षेत्रमा रहेको मारियाना ट्रेन्चमा गरिएको यात्रा दुई घन्टा ३६ मिनेट लामो थियो। पनडुब्बी यानको हाइड्रोलिक सिस्टममा समस्या नआएका भए क्यामेरनले पानीभित्र ६ घन्टा बिताउने थिए।

उक्त ठाउँमा यसप्रकारको डाइभ एक्लै गरिएको यो पहिलोपटक हो। सन् १९६० मा पनडुब्बीभित्र दुई जना बसेर यात्रा गरेका थिए। त्यसपछि त्यो पिँधमा मान्छे पुगेको पनि यो पहिलो हो। क्यामेरनका अनुसार डुबुल्की मार्न सात वर्ष लामो योजना गरिएको थियो।

क्यामरेनले यात्राको दौरानमा विज्ञानका विभिन्न विषयको सुक्ष्म अनुसन्धान गर्नुका साथै फोटो र थि्रडी भिडियो खिचेका छन्। यो भिडियो नेसनल जियोग्राफी च्यानलका लागि उनले बनाउन लागेको फिल्ममा प्रयोग गरिनेछ। भौतिकशास्त्री जोय म्याकइनिसले यो यात्रालाई 'मानव र उसको मेसिन'को सबैभन्दा डरलाग्दो परीक्षण मानेका छन्। क्यामरेन आफैंले डिजाइन गरेको पनडुब्बीको मानवरहित परीक्षण यात्रा शुक्रबार गरिएको थियो।
५७ वर्षीय क्यामरेनले यो यात्रामा जानुअघि लचकता प्राप्त गर्न हरेक दिन केही घन्टा दौड र योगा गरेका थिए। उनले समुद्रमा साधारण डुबुल्की चाहिँ ७२ चोटी मारिसकेका छन्। 'टाइटानिक' फिल्म खिच्नुअघि उनले १२ पटक समुद्रमा 'डाइभ' गरेका थिए।
Don't Miss
© all rights reserved
made with by netKUTI