अर्जुन अधिकारी
काठमाण्डौं २२ फागुन । हिजोदेखी सुरू भएको नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक अन्तर्गत बन्द सत्र आजबाट राजधानीमा सुरू भएको छ । राजधानीको कमलादीमा जारी बन्दसत्रमा केन्द्रीय कमिटीका सदस्यहरू १ सय १५ जना, अनुशासन आयोगका १७ जना, सल्लाहकार परिषद्का ४६ जना, केन्द्रीय लेखा परीक्षण आयोगका १५ जना, लगायत बिभिन्न तह तप्काका नेताहरु गरि नौ सय भन्दा बढी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पर्यवेक्षकहरूको सहभागिता रहेको छ ।
दुई दिन सम्म चल्ने बन्द सत्रमा एमालेले विगतमा भएका कमी कमजोरीको समिक्षा र शान्त्ति र संविधान निर्माण प्रक्रियाका बारेमा छलफल हुने एमालेले बताएको छ । पार्टी भित्रको बिबाद र गुटबन्दी अन्त्य गर्दै सबैभन्दा ठुलो र शक्तिशाली पार्टीका रुपमा एमालेलाई स्थापीत गराउने उद्घोष गरेका एमाले नेताहरुले आज र भोली हुने बन्दसत्र बैठकमा यसका लागि नँयां कार्यदिशा तयार गर्ने एमाले सचिव संकर पोखरेलले जानकारी दिनुभयो ।
सचिव पोखरेलका अनुसार आजको बन्दसत्रमा अध्यक्ष खनालले तयार पारेको राजनितिक प्रतिबेदन र महासचिव ईश्वर पोखरेलले तयार पारेको सांगठानिक प्रतिबेदनमाथि छलफल हुने छ । यी दुई मुख्य प्रतिबेदन बाहेक अनुसासन समिति, महिला समिति, अर्थ तथा लेखा समिति लगायतका समिति र आयोगहरुका प्रतिबेदन माथि पनि छलफल हुने सचिव पोखरेलले जानकारी दिनुभएको छ ।
आज बाट सुरू भएको बन्द सत्रमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा परीक्षण आयोगको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन र आर्थिक विभागको प्रतिवेदनलगायत पार्र्टीको आन्तरिक जीवनका बारेमा छलफल केन्द्रीत रहने छ ।