तनहुँ –दमौली ८ चैत। तनहुँको सतिस्वाँरा–९, विर्ता निवासी रघु बहादुर केसीले गत शनिबार साँझ आफ्नो घरमा आँगलागि भई बिपत्तिका बेला आँगलागिलाई नियन्त्रणमा लिन सहयोग पु¥याउनु हुने छरछिमेकी, सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी, शिक्षक, सुरक्षा निकाय एवं सञ्चारकर्मी सबैलाई आभार व्यक्त गर्नु भएको छ ।
त्यस्तै, केसीले उक्त आँगालगि घटनामा संलग्न भएको भन्दौ तनहुँसुर–६ निवासी कुल बहादुर थापा, सतिस्वाँरा–७ का अजित अधिकारी र तनहुँसुर–६ कै धिरज थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी भएको र कुल बहादुर थापा र धिरज थापालाई प्रहरीले नियन्त्रणमा लिएको बताउनु भएको छ ।
उक्त आँगलागिबाट घरका सम्पूर्ण अन्नपात, लत्तकपडा तथा नगद र जिन्सी गरी करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको केसीले बताउनु भएको छ ।