Responsive Ad Slot

latest

प्रकाशले पैसा नलिने , बिद्यार्थीले थाले चन्दा संकलन गर्न I

Sunday, March 18

/ by Admin BHOLA THAPA
काठमाण्डौ , ५ चैत्र ।
चौतर्फी बिरोध बढेपछि माओबादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले सगरमाथा लुम्बिनी यात्राका लागी सरकारले सिफारिस गरेको २ करोड रकम नलिने भएका छन् । मन्त्रिपरिषद्को बैठकले शान्ति र संबिधानका लागी भन्दै प्रचण्ड पुत्रलाई २ करोड दिने निर्णय गरेपछि यसको बिरोध चर्किएको थियो । प्रचण्ड पुत्र प्रकाशले आज दिउंसो २ बजे पत्रकार सम्मेलन गरी सरकारले सिफारिस गर्ने रकम नलिने घोषणा गर्न लागेको स्रातले बताएको छ ।


यसैबिच मन्त्रिपरिषद्को निर्णयको बिरोधमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दुई करोड रुपैया सहयोग गर्न आज बिभिन्न बिद्यार्थी संगठनहरुले ब्यांगात्मक चन्दा संकलन अभियानलाई तीब्रता दिएका छन । अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल सहितको टोलीलाई सरकारले लुम्बीनि देखि सगरमाथा सम्मको शान्ती पदयात्रा गर्न २ करोड दिएको बिरोधमा बिद्यार्थी संगठनहरुले चन्दासंकलन अभियान सुरु गरेको बिद्यार्थी नेताहरुले बताएका छन । नेपाल बिद्यार्थी संघका जीवलाल खरेलले बिहान आठ बजे देखि देश भरका क्याम्पसहरुमा चन्दा संकलन सुरु भएको जानकारी दिनुभयो ।

दिउसो त्रिभुवन बिश्व बिध्यालयमा चन्दा संकलन गर्ने कार्यक्रम रहेको बिद्यार्थीहरुले जानकारी दिएका छन् । विद्यार्थीहरूले सर्वसाधारण संग औंषधिसमेत किन्ने रकम नभएका बेला प्रचण्ड पुत्रलाई सरकारी निर्णयको बिरोधमा आज दिउसो २ बजे वागबजार बाट रत्न पार्कसम्म विरोध जुलुस निकाल्ने तयारी समेत बिद्यार्थीले गरेका छन् । आज दिन भर देश भरीबाट उठेको चन्दा प्रधानमन्त्री कार्यलय र प्रचण्ड निवास लाजीम्पार्टमा लगेर बुझाउने कार्यक्रम रहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन । नेपाल वानी
Don't Miss
© all rights reserved
made with by netKUTI