Responsive Ad Slot

latest

चितवनका सञ्चार गृहको विस्तृत विवरण सुचना मन्त्रालय र प्रेस रजिस्टारको कार्यालयमा पठाइयो I

Saturday, March 17

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन, ४ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउलेले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभए सम्म नेपाल पत्रकार महासंघको आन्दोलन जारी रहने बताउनुभएको छ ।
श्रमजीवी पत्रकार ऐन लागुगर्नुपर्ने माग गर्दै आन्दोलनरत्त नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गाउलेले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन पत्रकार महासंघको बटम लाइन रहको बताउनुभयो ।–‘ सरकारले तय गरेको ऐन कार्यान्वयन नभए सम्म आन्दोलन जारी रहन्छ’ उहा“ले भन्नुभयो ।


आजै श्रमजीवी पत्रकार ऐन लागु नगर्ने चितवनका सञ्चार गृहको विस्तृत विवरण प्रमुख जिल्ला अधिकारी मार्फत सुचना मन्त्रालय र प्रेस रजिस्टारको कार्यालयमा पठाइएको छ । चितवनमा सञ्चालीत सबै सञ्चार गृहमा पूर्ण रुपमा श्रमजीवी पत्रकार ऐन लागु नभएको कारण सञ्चारगृहको विवरण मन्त्रालयमा पठाइएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालले बताउनुभयो ।
सञ्चारगृहको विवरण वुझेपछि प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले आजै सम्बन्धीत सरकारी निकायहरुमा विवरण पठाइने बताउनुभयो । सरकारले तय गरेको ऐन कार्यान्वन हुनुपर्ने पत्रकारहरुको माग प्रति ऐक्यवद्धता जनाउदै प्रमुख जिल्ला अधिकारी कार्कीले आफ्नो तर्फवाट सक्दो पहल गर्ने उहा“ले बताउनुभयो । कार्यक्रम पूर्व नेपाल पत्रकार महासंघवाट जम्मा भएका पत्रकारहरु मोटर साइकल ¥याली सहित जिल्ला प्रशासन कार्यालय सम्म पूगेका थिए । 

श्रमजीवी पत्रकार ऐन लागुहुनुपर्ने माग गर्दै आन्दोलनरत्त नेपाल पत्रकार महासंघले केही साता अघि चितवनका सञ्चार माध्यमहरुसंग पत्रकार र कर्मचारीहरुलाई दिदै आएको सेवा सुविद्याको विवरण माग गरेको थियो । श्रमजीवी पत्रकार ऐन लागुगर्नुपर्ने माग गर्दै आन्दोलनरत्त महासंघलाई चितवनका सबैजसो रेडियोहरुले माग गरे अनुसारको विवरण बुझाएनन् । पत्रपत्रिका र टेलिभिजनहरुले विवरण बुझाएपनि चितवनका सञ्चार माध्यमहरुमा न्यूनतम पारिश्रम समेत लागु नभएको भन्दै महासंघले विवरण केन्द्रमा पठाएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI