Responsive Ad Slot

latest

घर भत्कने खबरले पृथ्वी राजमार्गमा रहेका आँबुखैरेनी बजारबासी चिन्तित I

Wednesday, March 28

/ by Admin BHOLA THAPA
तनहुँ (आँबुखैरेनी)   १५ चैत । सरकारले सडक विस्तार गर्ने भन्दै राजधानीका घरहरु भत्काएको खबर सेलाउन नपाउदै उपत्यका वाहिर पनि भत्काउन थालेको खबर आएपछी अहिले पृथ्वी राजमार्गमा रहेका आँबुखैरेनी बजारका बासिन्दाहरु चिन्तित हुन थालेका छन् । अझ त सडक कार्यलय र जिल्ला प्रशासन कार्यलय वाट पृथ्वी राजमार्गमा रहेका घरहरु नापेर गएपछी त झन् घर भत्कने पिर संगै आक्रोशित समेत भएका छन् । उनीहरुले सडक मिचेर घर बनाएका घरधनीहरुलाई एक हप्ते आन्तारिक गृहकार्य गर्न समेत समय दिएको छ । त्यसपछि ३५ दिने अल्टिमेटम दिन सक्नेछ । सडक विस्तारको नाममा आएर घर भत्काउन सुरु गरे पृथ्वी राजमार्गले छोएको सडकहरुमा २५ मिटर लागु हुनेछ । सडक ऐन २०३१ अनुसार नारायणगढ गोरखा राजमार्गमा पनि २५ मिटर नै लागु हुने संभावना रहेको छ । अहिले आँबुखैरेनी बजारमै सरकारले घर भत्काउने कुरा ले नै बढी चर्चा पाउन थालेको छ ।
उद्योग बाणिज्य संघको भवनमा आँबुखैरेनी बजारका स्थानीय बासिन्दाहरु


टोल, सडक, विद्यालय, अफिस र सामाजिक संजालहरुमा यसैको बारेमा चर्चा चलिरहेको छ । यसका लागि अहिले आँबुखैरेनी बजारका स्थानीय वासिन्दाहरु एक जुट हुन थालेका छन् । कसरी समस्याको समधान गर्ने भनेर छलफल लाई तिव्र बनाउदै गएको छ । आजै आँबुखैरेनीमा रहेकाउद्योग बाणिज्य संघको भवनमा आँबुखैरेनी बजारका स्थानीय बासिन्दाहरु भेला भएको थियो । उक्त भेलाले तुरुन्तै सम्बन्धित कार्यलयहरुमा गई समस्याको समधान गर्नको लागि पहल गर्ने निर्णय समेत गरेको छ । आँबुखैरेनीपोष्ट
Don't Miss
© all rights reserved
made with by netKUTI