काठमान्डौ ३ चैत ।
सरकारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको टोलीलाई सगरमाथा आरोहणको लागि २ करोड रुपैँया दिने भएको छ । आज विहान सिंहदरमा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले प्रचण्ड पुत्र दहाल लगायतको सगरमाथा आरोहण गर्ने टोलीलाई २ करोड रकम दिने निर्णय गरेको हो । लुम्विनी सगरमाथा शान्ति अभियान २०१२ को टोलीमा प्रचण्डपुत्र प्रकाश लगायत ११ जना सम्मिलित छन् ।
त्यस्तै कर्मचारी सरुवाबढुवामा व्यापक विरोध हुन थालेपछि सरकारले निजामति सेवा नियमावलीमा दशौँ संशोधन गर्ने निर्णय गरेको छ । सरुवाबढुवा मनलाग्दी भएको भन्दै आलोचना हुन थालेपछि सरकारले नियमावलीमा संशोधन गर्दै सरुवा बढुवालाई व्यवस्थित गर्ने निर्णय गरेको हो । आगामी बर्षदेखि सरुवाबढुवाको काम व्यवस्थित गर्न साउन, भदौ र असोजमा मात्रै सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले नारायणहिटी संग्रहालयमा गणतन्त्र स्मारक निर्माणका लागि अर्थ मन्त्रालय मार्फत तत्काल बजेट छुट्याउने निर्णय पनि गरेको छ । यस्तै अखिल नेपाल कानून व्यवसायीहरुको आजदेखि सुरु भएको सम्मेलनको सहयोगार्थ ७ लाख रुपैँया उपलब्ध गराउने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रीपाठीले जानकारी दिनुभयो ।