खेमनाथ पौडेल,


महिलाहरु एकआपसमा अपरिचित भईनै रहेको हुँदा अगाडी बढ्न सकिराखेका थिएनौ आज एनआरएनले हामीलाई प्लेटफर्म दिएको छ अगाडी बढ्न सचिव श्रीमती वविता सिवाले वताईन् । पहिलो पटक प्रवासमा सामाजिक कार्य गर्नकोलागि पाईला अगाडी चालेका छौ अवस्य हामीलाई यहाँ रहेका सम्पूर्ण पुरुष दाजुभाइहरुले सहयोग गर्नु हुने छ उनले भनिन् । खाडीमा देखिएका महिला समस्यालाई एनआरएन आईसीसी मार्फत सम्वन्धित निकायमा घचघचाउने उनले वताईन् ।
उक्त अवसरमा नेपाली राजदूतावास यूएईकी श्रम सहचारीका श्रीमती हिरा पौडेलले यूएईमा आउनु भन्दा पहिला पुर्व साथीहरुले पनि खाडीमा महिलाहरुको समस्याको बारेमा प्रष्ट पारेको बताईन् । खाडीका महिलाहरुका समस्याहरु एक जनाले मात्र समाधान गर्न सक्दैन न त समाजले मात्र सक्छ न त दूतावासले उक्त अवसरमा उनले वताईन् । एउटा संघसंस्थाले समस्याको समाधान गर्यो भनेर हामीले छुटकरा पाउने अवस्था छैन । वेरोजगारको कारण दिन प्रतिदिन दिदि बहिनी एव् दाजुभाइहरु पनि विदेशिने क्रम बढीरहेको छ । जहाँ धेरै हामी हुन्छौ त्यहा समस्याहरु पनि हुने गर्दछन्जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि पक्कै हुन्छ । कुनै पनि समस्या समाधान विहिन समस्या बन्न सक्दैन त्यसकारण त्यसकालागि भनेरनै प्रतिवद्धता जाहेर गर्दै आज महिला समिति वनेको छ साह्रै कुसी लागेको उनले बताईन् । यस समितिले महिलाहरुको हक हितकोलागि काम गरोस् त्यसकोलागि व्यक्तिगत तथा दूतावासको तर्फबाट शुभकामना व्यक्त गरिन् । अहिले देखिएका महिलाहरुका समस्याहरु एनआरएन नेपाली समाज अथवा विभिन्न संघसंस्थाहरुबाट दूतावास अथवा तपाईहरुको दोहोरो सहकार्यमा सफलता हुन सकिदैन । दाजुभाइको समस्याको तुलनामा महिलाहरुको समस्या अलि बढी हुने भएकोले महिलाहरुको समस्यालाई बढी फोकस गर्नु पर्ने देखिन्छ । एक आपसमा काँधमा काँध मिलाएर अगाडी बढ्न सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको उनले वताईन् ।
उक्त कार्यक्रमा नेपाली राजदूतावासकी श्रमसहचारिका श्रीमती हिरा पौडेललाई एनआरएन एनसीसी यूएईले यूएईमा स्वागत पनि गरेको थियो । यूएईमा श्रीमती पौडेलको उपस्थित भएको यो पहिलो औपचारिक कार्यक्रम थियो ।
एनआरएन आईसीसी सदस्य विमल तामाङ्ग एनसीसी सल्लाहकार चन्द्र प्रसाद सापकोटा नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल जनप्रगतिशिल माचका अध्यक्ष उत्तम अधिकारी लामो समयदेखी यूएईमै रहदै आउनु भएकी सारदा सापकोटा महिला कल्याणकारी समिति अध्यक्ष श्रीमती ममता विष्ट रिना विष्ट श्रीमती मिना भट्टराई श्रीमती वविता सिवा श्रीमती अस्मिता थापा आदीले शुभकामना मन्तब्य तथा महिलाहरुको समस्याहरुको बारेमा प्रष्टाएका थिए ।
नेपाली राजदूतावास यूएईकी श्रमसहचारिका हिरा पौडेलको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएनसीसी महिला कोअर्डीनेटर श्रीमती अर्चना वस्नेत रोकाहाको सभापतित्व तथा एनसीसीका अध्यक्ष चन्द्र रोकाहा आईसीसी सदस्य विमल तामाङ्ग नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल महिला कल्याणकारी समिति अध्यक्ष श्रीमती ममता विष्ट लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिकोरुपमा उपस्थित थिए ।
एनसीसी सचिव गोपल कडेलले साचालन गरेको उक्त कार्यक्रमममा स्वागत मन्तब्य एनसीसी महिला सदस्य श्रीमती लक्ष्मि उपाध्याले गरेकी थिईन्