तनहुँ १० चैत । “श्री छाब्दी बाराही मन्दिर पवित्र धाम, कला र संस्कृति जोगाउने मुख्य काम” भन्ने मुल नाराका साथ तनहुँको व्यास–९, खहरेमा यहि चैत्र १७ र १८ गते हुने छाब्दी बाराही तेश्रो चैते दशै मेला–२०६८ को तयारी तिब्र गति भएको आयोजकले बताएको छ ।
खुल्ला लोक दोहोरी गित प्रतियोगिता, स्थानीय रत्यौली प्रतियोगिता, स्थानीय कौरा नृत्य, भजन, चुड्का प्रदर्शन, चर्चित कलाकारहरुबाट आ–आफ्नो कला प्रदर्शनी, माछापोखरी अवलोकन, छाङ्गा बाराही मन्दिर अवलोकन, महेन्द्री गुफा अवलोकन, चर्चित हाँस्यकलाकारहरुबाट हाँस्यकला प्रदर्शन, तेश्रो लिङ्गीहरुद्वारा हाँस्यकला प्रदर्शनी लगायतका मेलाको आकर्षण रहेको आयोजकले जनाएको छ ।
त्यस्तै, मेलाका सह–आयोजकहरुमा खहरे टोल विकास संस्थ, छाब्दी बाराही युवा क्लव, छाब्दी बाराही सामुदायिक वन उपभोक्ता समुह, छाङ्गा बाराही मन्दिर व्यवस्थापन समिति, जनजागृति आमा समूह, खहरे कृषि उत्पादक सहकारी संस्था लिमिटेड रहेको बताइएको छ ।
यसै गरी उक्त मेलामा राम्जी खाँण, पशुपती शर्मा, चन्द्र शर्मा, कृष्ण लामिछाने, रमाकान्त ढुङ्गाना, विरेन्द्र नराल, सरस्वती परियार, सिता गुरुङ्ग, इन्द्र गुरुङ लगायतका राष्ट्रिय लोक गायक गायिका तथा झ्याईकुटी झ्याईका हाँस्य कलाकारहरु आउने र मेलामा व्यास नगर हस्पिटलका स्वास्थ्यकर्मि तथा डाक्टरहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु पनि बताइएको छ ।