Responsive Ad Slot

latest

संवैधानिक समितिको बैठक निष्कर्षविहिन I

Sunday, March 11

/ by Admin BHOLA THAPA
काठमान्डौ २८ फागुन ।
नयाँ संविधानका विवादित बिषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक समितिको आज बिहान बसेको बैठक निष्कर्षविहिन भएको छ । समितिको सचिवालय सिंहदरवारमा बसेको बैठकमा कुनै सहमति नभएको नेताहरुले बताएका छन् । संविधानका बाँकी विवादलाई समाधान गर्ने उपाय र प्रक्रियाको बारेमा छलफल भए पनि ३ दलबीच हुने छलफलको आधारमा आगामी बैठक बस्ने सहमति भएको बुझिएको छ ।


यसअघि संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले तेस्रो पटक थप गरेको फागुन मसान्तसम्मको समय सकिन २ दिन मात्र बाँकी छ । संबैधानिक समितिको बैठक आगामी ३० गतेपछि बस्ने बताइएको छ । राज्यपुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकक्ता लगायतका प्रमुख बिषयमा दलहरुबीच विवाद कायमै छ ।

यसैबीच शान्ति र संविधानको काम सम्पन्न गर्नमा ढिलाइ गरेकोभन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले ठूला दलहरुलाई दवाव दिने भएका छन् । ठूला दलहरुलाई दिइने दवावको स्वरुपको बारेमा छलफल गर्न साना दलहरुको बैठक अहिले केहीबेरमा सिंहदरवारमा सुरु हुँदैछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI