तनहुँ दमौली १९ फागुन ।
चिल्ड्रेन–नेपालको सहयोग तथा जिल्ला स्तरीय युवा स्वावलम्बन समुह तनहुँको आयोजनामा तनहुँ जिल्लाभित्र गठित र पारिचालित युवा स्वावलम्बन समुहहरुबीच २०६८ फाल्गुन १९ गते तनहुँ जिल्ला स्तरीय युवा भेला सम्पन्न भयो ।
तनहुँ जिल्लाभित्र गठित र पारिचालित युवा स्वावलम्बन समुहका सदस्यहरु बीच आपसी घुलमिल, युवा स्वावलम्बन समुहको बार्षिक प्रगति प्रतिवेदन निवर्तमान अध्यक्ष श्री पृथ्वी भुजेलले प्रस्तुत गुर्नभएको थियो । आर्थिक प्रतिवेदन छलफल पारित साथै समस्याहरुमा छलफल र समस्या समाधानका विकल्पहरु पहिचान गर्ने तथा नयाँ जिल्ला स्तरीय युवा स्वावलम्बन समुह चयन गर्ने उद्धेश्यले सञ्चालित यस भेलामा समुहमा ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।
उक्त भेलामा युवा स्वावलम्बन समुहका गत वर्षका गतिविधी समस्या र चुनौतिहरुमा छलफल भएको थियो साथै आगामी वर्षको कार्ययोजना समेत तयार गरिएको थियो । भेलालाइै तनहुँ जिल्ला संयोजक रमेश सुबेदीले सहजीकरण गर्नुभएको थियो ।
भेलामा सागर पौडेलको अध्क्षतामा तनहुँ जिल्ला स्तरीय युवा स्वावलम्बन समुहको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको थियो । जसको उपाध्यक्षमा सवनम थापा, सचिब विकास लम्साल, सह–सचिब पुजा भुजेल, कोषाध्यक्षमा राजेन्द्र सिं र सदस्यहरुमा सिताराम गिरी, मुना श्रेष्ठ, अन्जना श्रेष्ठ, राज कुमार आले, बिना श्रेष्ठ र नारायण न्यौपाने रहेका छन् ।