Responsive Ad Slot

latest

वाचन श्रृंखलाको बार्षिकउत्समा ‘रेगिस्तान र सपनाहरु’ लोकार्पण (फोटो फिचर सहित)I

Monday, March 12

/ by Admin BHOLA THAPA

(दोहा कतार)-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतारले आफ्नो बार्षिकी मनाएको छ । दोहाको ढाका रेस्टुरेन्टमा ९ मार्च शुक्रबार भएको साहित्यिक कार्यक्रममा पुस्तक विमोचन,वाचन र बर्षभरी भएको कार्यक्रमको समिक्षा गरिएको थियो ।

दुई संस्थाले संयुक्त रुपमा साहित्य वाचन श्रृंखला शुरु गरेको एक वर्ष पुरा गरेको शुभअवसरमा १२ औ वाचन श्रृृखलाको अवसरमा प्रथम बार्षिकउत्सव भब्यताकासाथ मनाएको हो । प्रत्यक महिनाको दोस्रो शुक्रबारे हुने साहित्यिक डबलीमा हरेक डबलिमा एक जना कतारमा कार्यरत विभिन्न क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुलाई विशेष श्रोताको रुपमा आमन्त्रण गरिने गरिन्छ । सोही अनुसार नै वाचन श्रृंखला एकदेखि बाह्रौ श्रृंखलासम्ममा विशिष्ट श्रोताहरुद्धारा ब्यानर र दिप प्रज्वलनसंगै राष्ट्रिय गानबाट अघि बढेको कार्यक्रममा हालै दिवगंत साहित्यकार भीम विरागको स्मृतिमा मौन धारण गरिएको थियो ।

कतारमा रहेका साहित्यानुरागीहरुको लेख रचनाहरुलाई समावेश गरी प्रकाशन गरिएको कृति “रेगिस्तान र सपनाहरु” पनि सोही अवसरमा विमोचन (लोकार्पण) पनि सम्पन्न भयो । साहित्यिकार तथा दुतावासका कार्यबहाक राजदूत जयबहादुर छाङछा राई, एनआरएन एनसिसि अध्यक्ष अमृत गुरुङ, एनसिसिका पुर्व महासचिव बिलबहादुर गुरुङ, अनेसास संस्थापक अध्यक्ष शिखर बैद्य,नेपाली ईन्जिनियर्स यसोसियसन कतारका अध्यक्ष अर्जुन भट्टराई,कान्तिपुर प्रवास साप्ताहिकका अरवब्युरो सम्वाददाता दिनेश रेग्मी र रेगिस्तानी कवि तिर्थसंगम राईले संयुक्त रुपमा कितावको विमोचन गरेका हुन ।
विमोचित पुस्तकमा कतारमा कार्यरत ५० भन्दा बढी स्रष्टाका ५ दर्जन भन्दा बढी गीत, गजल, कविता, व्यङ्ग, यात्रा, निवन्ध र कथा सम्मिलित छन् । १ सय ५६ पृष्ठको यो पुस्तकमा कतारमा भएको विगतका साहित्कि कार्यक्रममा आएका प्रा. अभि सुवेदी, गोविन्दराज भट्टराई र कवि श्रवण मुकारुङको समीक्षात्मक अनुभव पनि छ ।

कार्यक्रममा नवोदित मोवाइल पुस्तकालयका सहकोषाध्यक्ष इन्द्रमणी नेपालले स्वागत मन्तब्य राखेका थिए भने अनेसासका अध्याक्ष हेमन्त परदेशीले रेगिस्तान र सपनाहरु कृति प्रकाशनका बारेमा आफ्नो अनुभव सुनाए । त्यस्तै कतारमा रहेका कविहरुको बारेमा तयार पारिएको प्रतिवेदन “कतारका कवि र कविता” प्रस्तुत गरे अनेसास तथा नवोदित मोवाईल पुस्तकालयका उपाध्यक्ष तिर्थ संगम राईले ।
‘आफ्नै देशमा न अवसर न त काम छ
न स्वदेशमै सुख शान्ति न आराम छ...’
कतारमा कार्यरत बुटलवलका गजलकार अतृप्त कमले वाचित गजलको शेरसंग कार्यक्रममा दुई दर्जन भन्दा बढि सर्जकहरुले विभिन्न विधाका रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरु आप्mना मातृभूमि सम्झे, आफ्ना मायालुलाई सम्झे, जिवनका यात्रामा पाएका पिर ब्यथाहरु सम्झे, नेपालमा भएका विकृतिहरुको वारेमा वोले, संविधना नबनाएकोमा अक्रोश ब्यक्त गरे, छिमिकीले सिमाना मिचिएको दुखेसो पोखे यसरी आफ्ना किवता मार्फत पिर ब्यथ, दुखेसो, माया र आक्रोश पोख्ने सर्जकहरुमा राजेश्वर ढकाल, अतृप्त कमल, भोजराज दाहाल, ईन्द्रमणी नेपाल,श्याम ग्लान, वाइपी गौतम, सन्तोष सगुन, वेचैन महत्तो (मैथली कविता ), मान बहादुर सिंह, हेमन्त परदेशी, राजेश रुम्वा लामा, जीवन थुलुङ्ग, विमल सुवेदी आदी सर्जकहरुले कविता वाचन गरिएका थिए । गजल वाचन गर्ने टिका खड्का, कृष्ण क्षितिज राई, श्याम रानाभाट, सोम थापा, स्काई नविन र फडिन्द्र शान्त र राजेन्द्र खनाल थिए ।
बार्षिकउत्सव तथा १२ औं वाचन श्रृंखल र कृति विमोचन कार्यक्रममा शुभकामना मन्तब्य तथा सुझाव दिर्दै कान्तिपुर प्रवास साप्ताहिकका अरव ब्युरो संवाददाता दिनेश रेग्मीले साहित्यमा लाग्नु र साहित्य सिर्जना गर्नु भनेको चानचुने कुरा होईन् । साहित्य समाज प्रति निष्ठा र राष्ट्रप्रति योगदान दिने खालको हुनुपर्छ भने । पत्रकारिता पनि हतारको साहित्य हो भने पत्रकारितामा निश्चित समय हुन्छ भने यो साहित्यमा पढेर, भोगेर र अनुभवहर बटुलेर आनन्दसँग रचना गर्न सकिने साहित्य बताए । 

छैंठौ विशिष्ट श्रोता अनेसासका संस्थापक वुद्धिजिवि तथा समाजसेवी शिखर वैद्यले वाचन श्रृंखलालाई यहाँ सम्म ल्याउनको लागि योगदान दिएका सम्पूर्ण साहित्यकारहरुलाई धन्यवाद तथा बधाई दिए । कतारको साहित्यमा कोशेढुंगे सावित भएको बताए ।

दशौ विशिष्ट श्रोता ईन्जिनियर अर्जुन प्रसाद भट्टराईले एकै स्थानमा जमघाट गराएर साहित्य सिर्जना गरेकोमा साहित्यकारहरुका खोजी कार्य साहित्य प्रतिको कलम अझै तिखरी रहोस रेगिस्तान र सपनाहरु कृति अन्र्तराष्ट्रिय स्तरमा पनि सफल होस भन्ने शुभकामना दिए ।
नवौ विशिष्ट श्रोता विल गुरुङ्गले साहित्य समाजको ऐना हो त्यसैले समाजमा भएका विकृतिहरुलाई हटाउने काम पनि साहित्यवाट हुनुपर्छ ।
दोस्रो विशिष्ट श्रोता नेपाली नियोगका कार्यवाहक राजदूत तथा वरिष्ट साहित्यकार जय छाङछा राईले भने अत्यन्तै गौरमवित भएको छु । नेपाली साहित्यको इतिहाँसमा सुनौलो अक्षरले लेखिनेछ । भौतिक उन्नतिको लागि हो । युगौ यूग बाँच्नको लागि यो काम गरि रहेका छौ । राम्रो काम गर्न बाधा अड्चन आउँछ ।समाजको लागि केही दिनुपर्छ । अध्ययन तथा लेखन कार्यलाई रिन्तरता दिने सके हामी पनि भोली परिस्कृत भएर निस्कन सक्छौ । म अत्यन्त खुशी छु । पैसाको लागि मात्र हामी मरेको छैनौ । यो अति नै राम्रो वाटो हो । राम्रोवाटो हिंड्दा हाम्रो जिवल सफल हुन्छ । साहित्य भनेको अरुवाट सिक्ने कुरा हो । नयाँ बिम्बाहरु बनाउने हो । अनुभवहरुलाई साटने माध्यम हो । आगमि दिनहरुमा पनि निरन्तरता दिनुहोस । एक किलो सुनको मुर्ति खिएर जान्छ तर राम्रो कृति दिनु भयो भने जन्मौ जन्म रहन्छ । राम्रो सिर्जनाको कार्यलाई सदा निरन्तरता दिनुहोस । नेपाली साहित्यमा ठूलो योगदान पुग्छ । सयमलाई सदुयोग गर्दे साहित्य कृतिहरु पढ्नुपर्ने धारण पनि कार्यक्रममा बक्त गरेका थिए । भारतमा रहँदा रचना गरिएको अतिनै मिठा शैलीमा “शंकरमार्केटको सूचिकार ” शिर्षक कविता पनि वाचन गरेका थिए । 

आजको यस बार्षिकीमा आफु विशिष्ट श्रोताको रुपमा आउन पाउदा निकै गर्व महषुस गरेको बताए एनआरएनए, कतारका अध्यक्ष अमृत गुरुङले । यस पुस्तकले कतारमा रहेका नेपालीहरुको हातहातमा पु¥याउनु पर्ने तर्क राख्दै साहित्य वाचन श्रृंखलालाई निरन्तरताको कामना गरे । उनले कृति रेगिस्तान र सपनाहरु ५० थान किताव खरीद गर्ने भनेर हौसला दिदै विगतमा पनि सहयोग गरेको र आगामीदिनमा पनि आफ्नो दक्ष्ँताले भ्याएको सहयोग गर्ने बताए । अनेसास निर्वतमान अध्यक्ष्ँ दीपक भेटवालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








Don't Miss
© all rights reserved
made with by netKUTI