क्यान्सर अस्पतालमा सर्वोच्च अदालतको चासो
नारायण सापकोटा
चितबन ७ चैत । वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लामो समय देखि अस्थायी तथा करार कर्मचारीहरु राख्नु पर्ने कारण्ँका बारेमा जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएको छ । अदालतमा दायर एक मुद्दाका सम्वन्धमा सुनुवाइ गर्दै अदालतले मन्त्री परिÈद , स्वास्थ्य मन्त्रालय र अस्पतालका नाममा १५ दिन आदेश जारी गरेको हो ।
प्रधानन्यायधिश खिलराज रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । लामो समय देखि कर्मचारीहरु नियम विपरित अस्थायी र करारमा राखेको भन्दै अदालतमा रिट परेको थियो । अदालतमा रिट दिनेहरुमा अधिवक्ता विष्ण्ँुहरी कोइराला , कमलप्रसाद खतिवडा र रामचन्द्र गौतम रहेका छन ।
आदेश हुनु अगाडी अधिवक्ता पोÈराज काङ्खलेले बहस गर्दै रिट उपर आदेश जारी गर्न माग गर्नु भएको थियो । अस्पतालमा ४ सय बढी कर्मचारीहरु अस्थायी तथा करारमा कार्यरत रहेको रिटमा दावी गरिएको छ ।
सवारी साधनको भाडा बढ्यो
तनहुँ खबर डट कम
चितबन ७ चैत ।
सरकारले सबै रुटमा चल्ने सार्वजनिक मालबाहक र यात्रुबाहक सवारी साधनको भाडा बढाएको छ । आज देखि लागु हुनेगरी भाडा बृद्धिको निणर््ँय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । माघमा पेट्रोल र डिजेलको मुल्यवृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
विभागले ४.५४ देखि ८.१४ प्रतिशतसम्म भाडा बढाएको छ । बसमा ४.५४ प्रतिशत तथा तराइमा ट्रकमा ५.२६ प्रतिशत तथा पहाडका ट्रकमा ५.२९ प्रतिशत भाडा बृद्धि गरिएको हो ।
ट्याक्सी चढ्नेले अब थप ८.१४ प्रतिशत भाडा तिर्नुपर्नेछ ।
ट्राफिक कार्यालय चितवनले टि.भि.टि कार्यान्वयनमा ल्याउने ।
तनहुँ खबर डट कम
चितबन ७ चैत । जिल्ला ट्राफिक कार्यालय चितवनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक नियम उल्लङ्घन पुर्जी टि.भि.टि कार्यान्वयनमा ल्याउने भएको छ । अव्यवस्थीत पार्किड्डको समस्यालाई निराकरण गर्न कार्यालयले टि.भि.टि पद्धती कार्यान्वयनमा ल्याउने भएको हो । कार्यालयले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो ।
काठमाण्डौमा टि.भि.टि पद्धती लागु गरेसंगै ट्राफिक नियम कार्यान्वयनमा आएको सकारात्मक परिवर्तन पछि चितवनमा पनि यसको सोचाई विकास भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख कृष्णदत्त भट्टले बताउनुभयो ।
यस पद्धतीमा तोकिएको पार्किड्ड स्थल भन्दा अन्यन्त्र पार्किड्ड गरीएका सवारी साधनमाट्राफिक नियम उल्लङ्घन पुर्जी टि.भि.टि टा“स गरीने र प्रक्रियागत कारवाही गरीने उहाले जानकारी दिनुभयो ।
कारवाहीका लागि टि.भि.टि टा“स गरीएका सवारी साधनका सवारी धनीहरुले २४ घण्टा भित्र कार्यालयमा सम्पर्क गरी २ सय जरीवाना तिर्नुपर्ने बताइएको छ ।
यदी २४ घण्टा भित्र कार्यालयमा सम्पर्क नगरे यातायात कार्यालयको प्रावधान अनुसार जरीवाना तथा कारवाही गरीने प्रमुख भट्टले बताउनुभयो ।पहिलो चरणमा भाडाका तथा निजि सवारी साधनमा मात्र यसको प्रयोग गरीने उहाले बताउनुभयो ।
यस्तै कार्यालयले सवारी चेकजा“चको क्रममा गत फागुन महिनामा मात्र ४३ सय ८४ जना सवारी चालकहरुलाई कारवाही गरेको छ । कारवाहीमा परेकाहरुबाट ५ लाख ६८ हजार ४ सय ५० रुपैंया राजस्व संकलन भएको जानकारी दिएको छ ।
ट्राफिक नियम उल्लङ्घनका घटना रोक्नका लागि तिर्ब पारेको छड्के चेकजा“चको क्रममा अधिकांश मोटरसाइकलहरु नियम उल्लङ्घन गरी कारवाहीमा परेको कार्यालयले जनाएको छ । फागुन महिनामा मात्र २५ सय ३४ मोटरसाइकल चालकहरु कारवाहीमा परेको कार्यालयको तत्थ्याङ्कले देखाएको छ ।
यस अघि कार्यालयले माघमा मात्र कारवाहीमा परेका २५ सय ४८ सवारीस् चालकहरुबाट २ लाख ९३ हजार ९ सय ५० रुपैंया सङ्कलन गरेको बताएको छ । छड्के चेकजा“चको क्रमलाई तिब्र बनाएको कार्यालयले मध्यमांचलका १६ जिल्लामध्य उत्कृष्ट नतिजा प्राप्त गरी नमुना जिल्ला बन्न सफल भएको दावी गरेको छ ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय भेला चितवनमा हुने ।
तनहुँ खबर डट कम
चितबन ७ चैत । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय भेला आगामी बैशाख ९ र १० गते चितवनको नारायणगढमा हुने भएको छ । नयां वर्ष प्रवेश संगै आयोजना हुन लागेको भेलामा देशभरका ६ सय ७५ जना विद्यार्थीहरु सहभागी हुंदै छन् ।
‘जातिय ऐतिहासीक पहिचानको आद्यारमा संघीय राज्य निर्माण, पहिचानमा आद्यारित समावेशी संघीय शिक्षा प्रणाली हाम्रो राष्ट्रिय अभियान भन्ने मुलनाराका साथ आयोजना हुन लागेको भेलामा पहिचान सहितको संघियताको विषयमा छलफल हुने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
भेलामा आदिवासी जनजाति आन्दोलनको समग्र समीक्षा, समस्याको पहिचान, नेपालको वर्तमान राजनीतिक अवस्था र यसले नेपाली जनताको मुक्ति आन्दोलनमा खेलेको भूमिकाको विषयमा समेत छलफल गरेर विद्यार्थी महासंघको भावी कार्यदिशा समेत निर्धारण गरिने नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समितिका अध्यक्ष नरवहादुर गुरुङले जानकारी दिनुभयो ।
भेला सफल पार्न केन्द्रीय स्तरमावरिष्ठ उपाध्यक्ष माधवकुमार दुर्लामी मगरको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ भने चितवन जिल्ला समन्वय समितिका अध्यक्ष महेन्द्र दुराको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
भरतपुर स्थित वीरेन्द्र वहमुखि क्याम्पस परिसरमा आयोजना हुने भेलाको उद्घाटन समारोहमा आदिवासी जनजातिका केन्द्रीय स्तरका नेताहरु सहभागीहुने अध्यक्ष गूरुङले वताउनुभयो ।