Responsive Ad Slot

latest

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तनहुँमा पनि मनाईयो I

Thursday, March 8

/ by Samsung


तनहुँ २५ फागुन। नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाईएको १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तनहुँमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाईएको हो । सो अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा अवाद्घ महिलाहरुले महिला अधिकार सम्वन्धी विभिन्न ब्यानर , नारा लेखिएका पम्प्लेट वोकी वाजागाजको साथ दमौली वजारको परिक्रमागरी अनसन चौतारीमा कोण सभा समेत गरेका थिए ।महिला श्रमिक दिवस मुल समारोह समितीको आयोजनाको सो कायृक्रम गरीएको हो ।

यसैविच एमाले निकट भातृसंगठन जिफन्ड तनहुँले पनि महिला श्रमीक दिवसको अवसरमा दमौलीमा र्याली निकालेका थिए ।अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न रहेको वताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI