Responsive Ad Slot

latest

माओबादी पदाधिकारीहरुको बैठक आज बस्ने I

Monday, March 12

/ by Admin BHOLA THAPA

काठमाण्डौ,
२९ फागुन । लडाकु शिबिरबाट वाईसिएलमा ल्याएका कार्यकर्ताहरुलाई राहत दिने विषयमा छलफल गर्न माओबादी पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ । दिउसो ३ बजेपछि पार्टी कार्यालय पेरीसडांडांमा बस्ने बैठकमा उनिहरुलाई दिईने सहयोगबारे छलफल गरी निर्णय लिईने नेताहरुले जानकारी दिएका छन ।

यस अघि डाकिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएपछि पुनः आज बैठक बस्न लागेको हो । वाईसिएलमा तानिएका लडाकुहरुले आफुहरुले पनि लडाकु सरहकै सेवा र सुबिधा पाउनु पर्ने माग राख्दै निरन्तर आन्दोलनमा उत्रिएपछि पार्टीले बाध्य भएर उनिहरुलाई सहयोग गर्ने आश्वासन दिएको थियो ।

आज बस्ने बैठकमा वाईसिएललाई दिने राहतबारे तयार पारिएको प्रतिबेदन माथि छलफल हुनेछ । प्रस्ताव तयार गर्न पोलिटब्युरो सदस्य जर्नादन शर्मा र स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दलाई यस अघि नै जिम्मेवारी दिईएको थियो । बैठकमा माओबादी शिर्ष नेता, पिएलएका सदस्यहरु र १४ राज्यका एक एक जना वाईसिएल कमाण्डरहरु सहभागी रहने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI