Responsive Ad Slot

latest

खैरेनीटार महोत्सव तयारी पुरा भोली बाट महोत्सव सुरु I

Thursday, March 22

/ by Admin BHOLA THAPA
तनहुँ /९ चैत ।चौथो खैरेनीटार महोत्सवका अधिकांश स्टलहरु बुक भईसकेका छन् । शुक्रबारदेखी शुरु हुने महोत्सवका १ सय ५५ स्टल मध्ये १ सय ४५ स्टल बुक भईसकेको आयोजकले जनाएका छन् ।

महोत्सवमा सबैभन्दा बढि होटल व्यवसायी र कपडा व्यवासायीले स्टल बुक गरेको महोत्सवका स्टल संयोजक उपेन्द्र तिम्सनाले बताए । महोत्सवमा २० भन्दा बढि होटल स्टल बुक भईसकेका छन् उनले भने, कृषि घरेलु तथा हस्तकलाका समाग्रीलाई पनि स्टलमा विशेष सहुलियत दिएका छौ ।

महोत्सवमा कृषि सम्बन्धी ५ अटो मोबाइलका ८ व्यापारिक समाग्रीको विक्रि कक्ष ९५ घरेलु तथा हस्तकला उत्पादनका १० सेवा मुलक संघसंस्थाको प्रदर्शनीका लागि ५ स्वास्थ्य केन्द्रका लागि १ र एक सुचना केन्द्रका लागि स्टल तय गरिएको उनले बताए । महोत्सवको ९० प्रतिशत भन्दा बढि स्टल मंगलबार नै बुक भैसकेको भन्दै उनले भने, ुकेही व्यवसायीहरुले अहिले पनि स्टलका लागि सम्पर्क राख्ने गरेको छन ।
khairenitar festival Small size 3,10


चैत्र १० गतेदेखी ११ दिन सम्म संचालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरी २ करोड भन्दा बढिको आर्थिक कारोबार हुने आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले अपेक्षा राखेको छ ।

ग्रामिण भेगमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन तनहुँको खैरेनीटारमा चौथो खैरेनीटार महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए । ग्रामिण भेगमा पर्यटक पुर् याउने हाम्रो पहिलो लक्ष्य हो  श्रेष्ठले भने  महोत्सवले कृषि सहित स्थानीय उत्पादनलाई समेत प्रबद्र्धन गर्न सहयोग पुराउछ ।

हरेक वर्ष संचालन गर्दै आएको महोत्सवले खैरेनीटार आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग पुर् याएको महोत्सवका संयोजक हरि बहादुर थापाले बताए । महोत्सवले यस क्षेत्रको ऐतिहासिक साँस्कृतिक र प्राकृतिक स्थलहरुको प्रचार प्रसारमा टेवा पुर् याउँदै आएको छ । उनले भने, यो महोत्सवले त्यसको निरन्तरताका लागि थप सहयोग पुग्ने अपेक्षा राखेका छौ ।

आर्थिक सामाजिक खेलकुदको विकास पयर्टन प्रबद्र्धन खैरेनीटार महोत्सब कला सिप र संस्कृतिको संरक्षणु भने मुल नाराका साथ शुक्रबारदेखी शुरु हुने महोत्सव चैत २० गतेसम्म संचालन हुने छ । महोत्सवको प्रमुख आकर्षणहरुमा पर्यटकीय दगाम भ्रमण सेती नदी माथी जलबिहार गुफा अवलोकन पश्चिमाचल तारा गायन प्रतियोगिता लगायत रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI