Responsive Ad Slot

latest

सार्क सचिवालयको निर्देशकमा ओली पठाउने निर्णय I

Thursday, March 1

/ by Samsung
काठमाडौं, फागुन १९- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको नेपाल निर्देशकमा परराष्ट्र मन्त्रालयले धनवहादुर ओलीलाई पठाउने भएको छ। ओली परराष्ट्रका उपसचिव हुन् भने उनी अहिले युएन शाखामा कार्यरत छन्। ओलीलाई नेपाल निर्देशकमा पठाउने निर्णय मन्त्रालयले बिहीबार गरेको परराष्ट्र स्रोतले बतायो। 'तीन बर्षको लागि सार्क सचिवालय नेपाल निर्देशकमा धनवहादुर ओलीलाई पठाउने निर्णय भएको छ,' परराष्ट्र स्रोतले भन्यो, 'डेढ महिना भित्र उहाँले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नु हुनेछ।'डेनमार्कका लागि राजदूतमा सिफारिस गरिएका परराष्ट्रका सहसचिव तथा शिष्टाचार महापाल मुक्तिनाथ भट्टको एग्रिमो स्विकृत भई राष्ट्रपति रामवरण यादवले घोषणा गरिसकेकाले उनका स्थानमा हालका सार्क सचिवालयका नेपाल निर्देशक निरञ्जन मानसिंह बस्नेतलाई ल्याउने र बस्नेतको ठाउँमा ओलाीलाई पठाउने निर्णय परराष्ट्रले गरेको हो।बस्नेतको कार्यअवधि पाँच महिना बाँकी भएपनि उनी सहसचिवमा बढुवा भइसकेकोले उनलाई शिष्टाचार महापालको जिम्मेवारी दिने निर्णय गरिएको स्रोतले बतायो। परराष्ट्रमा नायव शिष्टाचार महापाल रहँदा बस्नेतलाई सार्क सचिवालयको नेपाल निर्देशकमा नियुक्ति गरिएको थियो।यस्तै, पाकिस्तान र इज्रायलको लागि राजदूतमा सिफारिस गरिएका भरतराज पौड्याल र प्रल्हाद प्रसाईँको एग्रिमो पनि स्विकृत भएर आएको स्रोतले बतायो। प्रसाई व्यत्तिगत कामका सिलसिलामा केही खाडी राष्ट्र जानु पर्ने भएकोले उनी फर्के लगत्तै एक साथ दुवैको नाम राष्ट्रपति यादवले घोषणा गर्ने जनाईएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI