काठमाण्डौ, २७ फागुन ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालको आज आफ्नो वार्षिकोत्सव मनाउँदै छ । अहिले केहिबेरमा संहदरबारमा आयोजना हुने बार्षिक उत्सव विशेष कार्यक्रमको प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गर्नु हुने छ । कार्यक्रममा सुरक्षा परिषद्को अहिलेको अवस्था र नेपालको समग्र सुरक्षाका विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुहुने सचिवालय श्रोतले जानकारी दिएका छ ।
परिषद्मा रक्षा, गृहमन्त्रीसँगै प्रधानमन्त्रीले तोकेको थप ३ मन्त्री सदस्य रहने व्यवस्था छ । अहिले नयाँ संविधान निर्माणको क्रमसँगै परिषद्लाई हटाएर सुरक्षा आयोग बनाउने बारेमा छलफल चलिरहेका छ ।