Responsive Ad Slot

latest

सञ्चिता फेरि गर्भवती I

Friday, March 9

/ by Admin BHOLA THAPA
नायिका सञ्चिता लुइँटेल चाँडै दोश्रो बच्चाको आमा बन्ने भएकी छिन् ।


केही समयअघि मात्र छोरो जन्माएकी सञ्चिता फेरी गर्भवती भएको सुन्दा सबैलाई अचम्म लाग्नसक्छ तर सत्य कुरा के हो भने उनको दोश्रो गर्भ पनि ४ महिनाको भैसकेको छ ।

जबकी उनले पहिलो सन्तान छोरा भोलिमात्र ७ महिनाको हुँदैछन् ।

केहीदिन अघि एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरी कतै आमा त बन्दै छैनिन् भनेर संका गरेका थिए । तर उनले कुरो खोलेकी थिइनन् ।

अन्ततः उनको गर्भ रहेको कुरा थाहा भएको छ । प्रायः मुम्बइ बस्दै आएका श्रीमान निखिल उप्रेति बेलाबखत मात्र नेपाल आउँछन्, त्यहीँ क्रममा गर्भ बसेको सञ्चिताले थाहै पाइनछिन् ।

पछि चिकित्सककहाँ जाँदा मात्र गर्भ रहेको उनलाई थाहा भयो ।

साप्ताहिकमा छापिएको खबर अनुसार डाक्टरले उनको पहिलो सन्तान जन्मिएको अगष्ट १० तारेखमै दोश्रो सन्तानको डेट दिएका छन् ।अनलाईन खबर
Don't Miss
© all rights reserved
made with by netKUTI