Responsive Ad Slot

latest

गजल I

Monday, March 11

/ by Admin BHOLA THAPA
भानु शर्मा 'बिरही'
संघर्श को मैदान मा छोडि ,भाग्ने रैछ तिम्रो बानी
तर सोचेनौ किन, आफ्नै देश लाई हुन्छ कि हानी


डलर को खोजिमा , बेचयौ तिमी ले माया र मामता
तर भूल्यौ किन , नेपालमा पाइन्थ्यो सुन को खानि

लत्याएर मातृभूमी , पुग्यौ तिमी बिदेशी को चाकरिमा 
तर पुछेनौ किन , आमा को आँखा बाट झर्ने पानी

जन्मदा र मर्दा पनि , शरण लिएउ एही माटोमा
तर सुम्पिएउ किन , पराइ माटोमा जोश र जवानी

भानु शर्मा 'बिरही'
राज्घाट -९
दुर्गापुरी बजार
मोरङ
Don't Miss
© all rights reserved
made with by netKUTI