Responsive Ad Slot

latest

पौरखीलाई कतारवासी तमूहरुले आर्थिक सहयोग गरे I

Monday, March 5

/ by Admin BHOLA THAPA

दोहा ५ मार्च,
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले वैदेशिक रोजगारमा संलग्न नेपाली महिला कामदारहरुको पक्षमा वकालत गर्दै आएको परोपकारी संस्था पौरखीलाई नेपाली २५ हजार २० रुपिया“ आर्थिक सहयोग गरेको छ । हालै नेपाल जाने क्रममा काठमाण्डौ स्थित पौरखीकै कार्यलयमा संस्थाकी अध्यक्ष श्रीमति मञ्जु गुरुङको रोहवरमा समितिका सल्लाहकार तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत गुरुङले उक्त सहयोग रकम बाल अध्ययन कोषका संयोजक अग्नी गुरुङलाई हस्तान्तरण गरेका थिए ।

विदेशमा काम गरेर फर्किएका महिला कामदारको एक समुहले पौरखी नामक एउटा गैर सरकारी संस्था नेपालमा स्थापना गरेका छन् । महिलाका लागि सुरक्षित वैदेशिक रोजगार हामी सबैको साझा सरोकार भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापना गरिएको उक्त संस्थाको मुख्य उदेश्य वैदेशिक रोजगारीको सम्पुर्ण प्रक्रियामा महिला कामदार तथा उनीहरुको परिवारको हक अधिकारको संरक्षण सम्बद्र्धन गर्नु रहेको बताईएको छ । आप्रवासनको विभिन्न तह (पूर्व रोजगार, पूर्व प्रस्थान, रोजगारको अवस्था र फर्किसकेपछि) को अवस्थाहरुमा महिलाको सरोकारका विषयहरुमा पौरखीको कार्यक्रमहरु केन्द्रित गरिने बताईन्छ । वैदेशिक रोजगारमा संलग्न नेपाली महिला कामदारहरुको अधिकार सुनिश्चित गर्नका लागि नेपाल सरकार र अन्य सरोकारवालाहरुस“ग वकालत गरि सुरक्षित आप्रवासन र उनीहरुको सशक्तिकरणका लागि नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने उदेश्यका साथ स्थापना भएको पौरखीले वि.सं.२०६० सालदेखि विभिन्न कृयाकलापहरु सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०६५ देखि वैदेशिक रोजगारको क्रममा समस्यामा परि फर्केका नेपाली महिलाका वाल वालिकालाई अध्ययन गर्न सहयोग पु¥याउन बाल अध्ययन कोषको स्थापना गरि छात्रवृत्ती सहयोग प्रदान गर्दै आएको छ । अध्यक्ष श्रीमति मञ्जु गुरुङले दिनु भएको जानकारी अनुसार कतारवासी तमूहरुको सहयोगलाई सोही कोषमा राखिने छ ।

तमू सांस्कृतिक परिवार कतारको आयोजनामा गत वर्ष सम्पन्न गैर आवासीय नेपाली तारा २ कार्यक्रमबाट भएको आम्दानी रकमलाई हवाई टीकटको अभावमा कतारमा अलपत्र परेका नेपालीहरु मध्ये २ जनाको लागि टीकट उपलब्ध गराउने र नेपालमा वैदेशिक रोजगारमा अलपत्र परेकाहरुको सहयोगमा कृयाशिल कुनै परोपकारी संस्थालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पौरखीलाई आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष बिमल गुरुङले जानकारी गराएका छन् । स्मरण रहोस केही समय अगाडी नेपाली राजदुतावास मार्फत एउटा हवाई टीकट प्रदान गरि सकिएको छ भने अर्को एउटा बा“की टीकट आवश्यक परेको व्यक्तिलाई उपलब्ध गराउन समितिका सल्लाहकार बिलबहादुर गुरुङले नेपाली राजदुतावास कतारसंग समन्वय गरिरहेको बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI