दिपेन्द्र पौडेल,२० फागुन,तनहुँ । नेपाली काङ्ग्रेसले आफ्नो शक्तिलाई चिन्न नसक्दा संविधान सभाको निर्वाचनमा पराजित हुन परेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य ससाङ्क कोईरालले बताउनु भएको छ । देशको विकास र अस्थिर राजनितीलाई नेपाली काङ्ग्रेसको नेतृत्वले मात्र समाधान गर्न सक्ने बताउनु भयो ।
सन्त नेता कृष्ण प्रसाद भट्टराई स्मृति दिवसको अवसरमा शनिवार तनहुँको खैरेनीटारमा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितीको आयोजनामा गरेको आम सभालाई सम्वोधन गर्दै कोईरालले सो कुरा बताउनु भएको हो । सो आम सभालाई सम्वोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं यूवा नेता गगन थापाले माओवादीको १० बर्षे जनयूद्ध नभई धनयूद्ध भएको आरोपलगाउनुभएको छ । माओवाद, लेनिनवाद र माक्सवादको विचारले कहिल्यै पनि जनतालाई मुक्ति नमिल्ने हुदा अव यसको जिम्वेवारी नेपाली काङ्ग्रेसको थाप्लोमा रहेको बताउनु भएको छ । सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले तोकिएको समय भित्र शान्ति र संविधानलाई तार्किक निस्कर्षमा पु¥याउनका लागि नेपाली काङ्ग्रेको नेतृत्वमा सरकार बन्नु पर्ने बताउनु भयो । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति महेश्वर भट्टराईको सभापतित्वमा सम्पन्न उक्त सभामा नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य अमरराज कैनी, नेपाली काङ्ग्रेस तनहुँका उपसभापति मिन बहादुर गुरुङ, जिल्ला सचिव बालकृष्ण घिमीरे, नेपाल विद्यार्थी सङ्का पूर्व सभापति प्रदिप पौडेल, महासमिती सदस्यहरु रामचन्द्र पोख्रेल, ताराराज राना, पुस्पराज पराजुली, ईन्दिरा खनाल, महाधिवेशन प्रतिनिधी शिव परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस खैरेनीटार गाँउ कार्यसमिती सभापति लक्ष्मण शर्माले स्वागत गनुभएको थियो संचालन क्षेत्रिय सचिव चुणामणी खनालले गर्नुभएको थियो । त्यस्तै श्रीराम सुवेदीले धन्यवाद ज्ञापन गनुभएको थियो । कार्यक्रममा ४० जना विभिन्न पाट्री परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ससाङ्कं कोईरालले सदस्यता पत्र प्रदान गर्नुभएको थियो ।