Responsive Ad Slot

latest

मुग्लानी सौगातको सातौ बाचन श्रृखला सम्पन I

Saturday, March 3

/ by Admin BHOLA THAPA
तनहुँ खबर डटकम संवाददाता
अल्खोर ,कतार ३ मार्च ।
सन्ध्या गु्रप उप समिती मुग्लानी सौगात द्धैमासिक पत्रिकाको सातौ बाचन श्रृंखला गत विहिवार मार्च १ तारिक का दिन आफ्नै निजी कार्यलय अल्खोरमा सम्पन भएको छ । 

कार्यक्रममा मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका विशेष प्रतिनिधी दिलिप अविरल को सभापतित्वमा प्रमुख अतिथी नेपाल कतार अनलाई डटकम का प्रधान सम्पादक रवि रोषी, अतिथिमा समाज सेवी लक्ष्मण खतिवाडा , कवि चर्चीत ढुङेल, नवोदित मोवाईल पुस्तकलयाका सयोजक राजेश्वर ढकाल रहेका थिए ।

कतारको राजधानी दोहाबाट करिब ६० किमी टाढा रहेको अल्खोर स्थित अल्मीस्नाथ क्याम मा हरेक महिनाको पहिलो सात विहीवार का दिन बेलुकी साहित्यीक बाचन श्रृखला कार्यक्रम हुदै आईरहेको छ । 

‘साचो बोल्छु आज सम्म अन्त मायाँ लाईएन
आशुँ सगैँ बग्यो खुशी केह गर्न पाईएन
नखोजेको कहाँ हो र पिरतीका गीत गाउन
एउटी रोजे हुन्न भनि त्यसैले गीत गाईएन...’
गैडाकोट ७ यात्रीकुञ्ज नवलपरासिका कतारमा कार्यरत प्रेम सापकोटाको गजल शेरहरु बाट सुरु भएको साहित्यक कार्यक्रममा थोरै दर्शक भए पनि निकै रमाईलो थियो ।

बाचन श्रृखलाको क्रममा झापा का कवि चर्चीत ढुंगेलले आफ्नो गजलका शेरहरु यसरी सुनाए
‘हुँदा त इज्जत साथी बदनाम चरित्र हुन्छ
हजार पल्ट जाचँ यो मायाँ पवित्र हुन्छ
जस्तो छ मन तिम्रो उस्तै अरुको देख्छौ
म पनि त्यस्तै देख्छु मन जो म भित्र हुन्छ...’
यसै गरि नेपाल कतार अनलाईन डटकम का प्रधान सम्पादक रवि रोषी भट्ट ले कविता ,झापा का चन्द्रकुमार थापाले कविता, ताप्लेजुङका राजेन्द्र खनालले गजल, मोरङका दिलीप अविरल ले लघु कथा र मुक्तक, विरेन्द्र कुमार यक्थुवाले भावाना साथै उपस्थित सम्पुर्ण कविहरुले आफ्ना लेख रचना बाचन गरेका थिए ।
कार्यक्रम स्रचालक मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका ब्यावस्थपक भोला थापा क्षेत्रीले कार्यक्रमको समापन गर्दै आफ्ना गजल यसरी सुनाए
तिम्रो मेरो नजर कालि एकाएक जुटी गयो
सच्चा यो मनको चैन सबै लुटी गयो
चाहान्थे तिमी सगँ जुनी जुनी सगै ज्युने
दोबाटोको यात्री जस्तो हाम्रो यात्र टुटी गयो ।

फोटो समावेश छ।


Don't Miss
© all rights reserved
made with by netKUTI