Responsive Ad Slot

latest

म तिम्रो भैसकें’को प्रदर्शका लागि जीवन लुइँटेल कतारमा I

Friday, March 2

/ by Admin BHOLA THAPA

 दीपक पौडेल / दोहा
जुनलाई सोधी हेरें तिमी कहाँ छौ
नयनमा खोजी हेरें तिमी त्यहिँ छौ
आपूm आपूm रहिन, म तिम्रो भै सकें....
पछिल्ला दिनमा नेपाली रजतपटमा शिर्ष चर्चा पाएको सुपरहिट चलचित्र ‘म तिम्रो भै सकें’ अव कतार आइपुगेको छ । नेपाली सिनेमाका कतारस्थित दर्शकले अव स्वयं नायककै साथ यो चलचित्र हेर्ने अवसर पाउने भएका छन् ।
चलचित्र सफल भएपछि कलाकारको लागि पनि घुमघामको साइत जुर्दै आएको अनुभव अव नेपाली सिनेबृत्तका लागि पनि सुखद प्रसंग बनिसकेको छ । त्यसो त नेपाली चलचित्रको बजार विस्तार हुँदै खाडी लगायत युरोप, अष्ट्रेलिया, अमेरिका पनि पुग्नुले यो सानो संसारलाई झनै उत्साहित मात्रै बनाएको छैन, थप सिर्जनशिल बन्ने चुनौती पनि थपिदिएको छ । अव कलाकारले दर्शकसंगै बसेर चलचित्र हेर्नुपर्छ र उनीहरूको प्रत्यक्ष प्रतिकृया लिएर दर्शक मनोभाव अनुसारको बाटो हिँड्नुपर्छ भन्ने मान्यता बलियो हुँदै गएको छ । यहि पृष्ठभुमिमा आफ्नो पछिल्लो सुपरहिट चलचित्रबारे दर्शकको मन बुझ्न चर्चित नायक जीवन लुर्इँटेल कतार आइपुगेका छन् ।+

यहि शुक्रवार, २ मार्चमा दोहा सिनेमा हलमा दिउसो (२ः३० बजे)को शो ‘म तिम्रो भैसकें’को प्रदर्शनीका लागि कतारस्थित सो चलचित्रको बजार ब्यवस्थापन जिम्मेवार ‘प्रोजेक्ट नेपाल इभेन्टस्’ ले सम्पुर्ण तयारी पुरा गरिसकेको छ । ‘नायक जीवनको आगमन भइसकेको छ र तयारी पनि पुरा भइसक्यो’ प्रोजेक्ट नेपाल इभेन्टस्का एक अधिकारी रामेश्वर भट्टराईले भने– ‘टिकटहरू पनि उल्लेख्य विक्रि भइसकेकाले पनि कतारमा चलचित्रको प्रदर्शन सफल हुनेमा धेरै विश्वास राखेका छौं ।’

घरेलु दर्शकमाझ राम्रो छाप राख्न सफल भएपछि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पनि यो चलचित्रले धेरै दर्शक पाएको छ । ‘अष्ट्रेलिया र अमेरिकामा त सोचेभन्दा पनि राम्रो भएको छ’ भट्टराईले भने– ‘त्यहि सफलताका कारण कतारमा प्रदर्शनका लागि उर्जा मिलेको छ ।’

जीवन लुईँटेल र रिचासिंह ठकुरीको अनस्किृन रोमान्स रहेको यो चलचित्रलाई विकास आचार्यले निर्देशन गरेका हुन् । यस अघि ‘नाई न भन्नु ल’ लगायत नेपाली चलचित्र उद्योगलाई दर्जनौ सुपरहिट चलचित्र दिइसकेका तथा वरिष्ठ चलचित्र लेखकको छवि बनाइसकेका आचार्यले आप्mनो करियरमा ‘म तिम्रो भैसकें’ अहिलेसम्मकै उत्कृष्ट चलचित्र बनेको दावी गरेका छन् । प्रेमकथालाई सिर्जनशिल ढंगवाट चलचित्रकारुपमा उतार्न सफल आचार्य अहिले चलचित्र विकास वोर्डको महत्वपूर्ण  जिम्मेवारीमा पनि रहेका छन् ।

कतारमा चलचित्र प्रदर्शन गर्न लागेको प्रोजेक्ट नेपाल इभेन्टस्का सदस्य भट्टराईले नायक जीवन लुईँटेललाई दर्शकहरुसंग प्रत्यक्ष भेट गराइदिने तथा फोटो सेसन र अटोग्राफका लागि पनि समय मिलाउने बताए । ‘दर्शक र कलाकारको प्रत्यक्ष भेट तथा भलाकुसारी होस् भन्ने चाहना रहेकोले त्यो ब्यवस्था मिलाएका छौं’ उनले भने– ‘चलचित्रलाई माया गर्ने दर्शकले पर्दामा मात्रै होइन, पर्दा अघि आफ्नो छेउमा पनि कलाकारलाई देख्न पाउनुपर्छ भन्ने हाम्रो सोच हो ।’ सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...वोलको गीतवाट धेरैको नजरमा अडेका नायक लुईँटेलले पनि कतारका दर्शकलाई भेट्नका लागि आतुर रहेको बताएका छन् ।

 ‘कतार यात्रा मेरो लागि पहिलो भएकोले पनि यहाँका दर्शकसंग भेट्ने अवसरका कारण उत्साहित छु’ पछिल्लो समय प्रशस्तै चलचित्रको सुटिङमा निकै ब्यस्त रहेका चक्लेटी नायक जीवनले भने– ‘हो साँच्चै म त आतुर छु ।’
Don't Miss
© all rights reserved
made with by netKUTI