काठमाडौँ ,फागुन १८ - रंगहरुको पर्व भनेर चिनिने होली राजधानीमा आजदेखि विधवित रुपमा सुरु भएको छ ।
काठमाडौँको वसन्तपुरमा आज बिहान बजेर ४१ मिनेटको उत्तम साइतमा विभिन्न रंगहरुका रंगीचंगी कपडा झुण्डाइएको तीन तले चीर गाडेपछि होलिको विधिवित सुरुआत भएको हो । होली पर्व हरेक वर्ष फागुन पूणिर्माका दिन मनाइने भए पनि आज अर्थात शुक्ल पूणिर्माका दिन वसन्तपुरमा चीर गाडेपछि विधिवत सुरुआत भएको मानिन्छ ।
होलिका नामकी राक्षशको बिनास भएर सत्य र न्यायको विजय भएको विश्वाशमा नेपाल र भारतका हिन्दूहरुले होली पर्वा मनाउँदै आएका छन् । अन्य क्षेत्रको तुलनामा नेपालको तराई क्षेत्रमा होली विषेश रुपमा मनाउने गरिन्छ ।