कुबेत ६ मार्च । -बैदेशिक रोजगारीको केन्द्रबिन्दु मानिदै गएको मरुभूमिको देश कुबेतमा नेपाली दुताबास स्थापना पछि सबै नेपालीले वेब साइट मार्फत सुचना, जानकारी को साथै पिडीतले आफ्ना समस्या गुनासाहरु इमेल आइडी वाट पठाई समस्या समाधानको लागि राय सल्लाह र उपाय अनि सेवा लिन सजिलै सकुन भन्ने हेतुले खोलिएको नेपाली दुताबास कुबेतको वेब साइट र इमेल आइडी प्राबिधिक कारणले बिगत केहि समय देखि बन्द भएको थियो।
नेपाली दुताबास कुबेतको वेब साइट र इमेल आइडी बन्द हुनाले सबै नेपालीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै नेपाली दुताबास कुबेतले फेरी आफ्नो नयाँ वेब साइट http://www.nepembku.org/ र इमेल आइडी info@nepembku.org एक सुचना जारि गरि सार्बजनिक गरेको छ।
इन्टरनेट पौच भएको संसारको जुनसुकै कुनामा बसेर पनि वेबसाइट हेर्न सकिनेछ। बैदेशिक रोजगारीको लागि कुबेत आउँन चाहने नेपालीहरुले पुरा गर्नु पर्ने मापदण्ड, प्रक्रिया, श्रम नीति, बैदेशिक नियम, कानुन ,सुचना र जानकारी नेपाली दुताबासले आफ्नै वेब साइट मार्फत दिने गर्दछ। भने इमेलमा आएका गुनासा र पिडितका समस्या समाधानको लागि उपाय पनि इमेल मार्फत नै जवाफ दिने गर्दछ।