तनहुँ,
१३ चैत । अखिल नेपाल महिला संघको छौंटो राष्ट्रिय सम्मेलन यही बैशाख ८ गतेदेखि पोखरामा हुने भएको छ । पोखराको सभागृह हलमा हुने संघको छौंटो राष्ट्रिय सम्मेलन ११ गते सम्म चल्नेछ । उक्त सम्मलेनले आगामी ३ वर्षको लागि नयाँ कार्य समिती चयन गर्ने अखिल नेपाल महिला संघ तनहुँकी उपाध्यक्ष देवु बिष्टले जानकारी दिनुभयो ।
राष्ट्रिय सम्मेलनको एक समरोहकाबीच एमालेका अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । राष्ट्रिय सम्मेलन सफल रुपले सम्पन्न गर्नका लागि विभिन्न योजनाहरु बनाएको छ । जस अनुसार रेखा थापा बस्यालको संयोजकत्वमा १ सय ५ सदस्यीय आर्थिक समिती, जिल्ला कमिटी सचिव मनुमाया श्रेष्ठको संयोजकत्वमा १ सय ५ सदस्यीय प्रचार प्रसार समिती र उपाध्यक्ष्य बिष्टको संयोजकत्वमा २ सय ५ सदस्यीय जनपरिचालन समिती गठन गरिएको संघले जनाएको छ ।