बिजेश मिश्र, |
उजाड यो बस्ति अनि बान उस्तै उस्तै नै छ ।
ऋतुहरु बदलिए फेरिए विचार पनि
आँसुसंगै बच्नु पर्ने चलन उस्तै उस्तै नै छ ।
तछाड मछाड गर्दै गर्दै लार्बरिन्छन् पाइलाहरु
नियती को पर्खाल भित्र जीवन उस्तै उस्तै नै छ ।
फेरियो कि भन्ने लाग्ला बिर्सियो कि भन्ने लाग्ला
धर्म उही बोलि उही बचन उस्तिई उस्तै नै छ ।
भानु तनहुँ
हाल : रामपुर कृषी क्याप्पस
चितबन