दिलिप अविरल
अदृश्य मनको सन्दुकमा
संगालेका अनगिन्ती प्रेम फूलहरु
बाँझो खेतबारी झैं
सिचाँइको अभावहरुबिच
एक्लै एक्लै टोलाइरहेथ्यो
कसैको आगमन चिहाइरहेथ्यो
यो ब्याकुल मन
शुन्य शुन्य क्षितिजमा ।
सायद ,
संयोगले पर्दा उगारेको हुनुपर्छ
छैटांैमा भावीले लेखेको हुनुपर्छ
स्वपनिल मिलनका हाम्रा कथाहरु
उस्तै मनका सामानान्तर ब्यथाहरु
अनि त यो,
जातिय बीचको द्वन्दमा
छुवाछुतका हरेक डोबहरुमा
कायापलटका रेखाङ्कन गर्न
परीवर्तनका किरणहरु देशदेशान्तर छर्न
हम्रो अदभुत समागम भो
यही समागम भोलि समाधि हुनेछ
जीवन पर्यन्तसम्म ।।
अदृश्य मनको सन्दुकमा

बाँझो खेतबारी झैं
सिचाँइको अभावहरुबिच
एक्लै एक्लै टोलाइरहेथ्यो
कसैको आगमन चिहाइरहेथ्यो
यो ब्याकुल मन
शुन्य शुन्य क्षितिजमा ।
सायद ,
संयोगले पर्दा उगारेको हुनुपर्छ
छैटांैमा भावीले लेखेको हुनुपर्छ
स्वपनिल मिलनका हाम्रा कथाहरु
उस्तै मनका सामानान्तर ब्यथाहरु
अनि त यो,
जातिय बीचको द्वन्दमा
छुवाछुतका हरेक डोबहरुमा
कायापलटका रेखाङ्कन गर्न
परीवर्तनका किरणहरु देशदेशान्तर छर्न
हम्रो अदभुत समागम भो
यही समागम भोलि समाधि हुनेछ
जीवन पर्यन्तसम्म ।।
मधुमल्ला ,मोरङ
हाल दोहा ,कतार