Responsive Ad Slot

latest

दोहामा सांगितिक संगम सम्पन्न (फोटो फिचर सहित )।

Saturday, March 17

/ by Admin BHOLA THAPA
तनहुँ खबर डट कम
दोहा १७ मार्च । गत शुक्रबार नेपालबाट आएका कलाकारहरुले कतारबासी नेपालीहरुलाई भरपुर  मनोरंजन दिएका छन । आदित्य राज प्रोडक्सनको प्रस्तुतीमा दोहा सिनेमा हलमा आयोजित ‘मनोरञ्जन साँगितीक संगम २०१२’ कलाकारहरुले आफ्ना निखारीएका प्रस्तुती दिएका थिए ।

अपेक्षा गरिएको दर्शकहरु नभएको कारण दुई शो भनिएको कर्याक्रमलाई एकै शो मा देखाइएको थियो । सोही कारण निधारीत समय भन्दा २ घण्टा ढिलो भए पनि कार्यक्रम सुरु भएपछि दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।

कतारमा पहिलोपटक आएकी उद्घोषिका ज्योति श्रेष्ठले संचालन गर्दै स्टेजमा उत्रेपछि भने कार्यक्रमले रौनकता थपेको थियो । कार्यक्रममा हेमन्त रानाले‘आधा आधा जिउनु छ यहाँ...’,‘हेर्दा हेर्दै...’ ए निर छोडीदेऊ....’ बोलको गीत पस्के भने आइटम डान्सर सफलताले‘माइनेम इज शिला...’ र लुट फिल्मको आइटम गीत‘उध्रेको चोली...’सबैलाई झड्का दिईन उनको नृत्यमा साथ दिएका थिए स्थानीय कलाकार विनोद चौधरीले ।

त्यस्तै जीतु नेपालको आधि घण्टा बढि लामो हास्य प्रस्तुतीले पनि माहोल निकै तताएको थियो,कहिले गित संगित,कहिले नेता सभासद,कहिले कलाकरहरु सबैलाई समेट्दै ब्याङगात्मक पाराले हसाएका थिए ।
गायिका माण्डवी त्रिपाठीले‘ढल्को ढल्को...’, सिम्पल सिम्पल कान्छिको ...’, टलक्कै टल्कीयो टाटो वैशालु कम्मरमा...’गीतहरुले दर्शकहरुलाई नचाउन सफल भईन । कार्यक्रममा लुट फिल्मको पर्दशनमा आएका निर्देशक निश्चल बस्नेत,नायिका ऋचा शर्मा र आयोजक लक्ष्मण खतिवडाले लुट फिल्मको प्रचार प्रसार समेत गर्न भ्याए । निर्देशक निश्चलले लुट फिल्मको गीत समेत गाएका थिए ।

कार्यक्रममा लोकदोहोरी गायक गणेश गुरुङ, देविका के.सी, ज्योति लोहोनी विचको दोहोरी घम्साघम्सी पनि चलेको थियो । लुट का निर्देशक र नायिका बाहेक अन्य कलाकारहरु भने आज स्वदेश फर्किसकेका छन ।



Don't Miss
© all rights reserved
made with by netKUTI