रवि रोषी,
दोहा २७ मार्च । गत सप्ताह मार्च २३ तारिखको दिन कतारको दोहा सिनेमा तथा गल्फ सिनेमा हलमा तीन शो को सफल प्रदर्शन पछि पुनः आउँदो मार्च ३० मा प्रदर्शन गरिने भएको छ । दर्शकहरुको अत्याधिक माग भएको हुनाले आगामी शुक्रवार पनि उक्त चलचित्रको प्रदर्शन गरिने भएको कुरा आयोजक लक्ष्मण खतिवडाले बताएका छन् ।
दर्शकहरुको चापलाई मध्यनजर गरी गत सप्ताह २५० भन्दा बढि दर्शकहरुको टिकट फिर्ता गर्नुपरेको बताउँदै आयोजक खतिवडाले चलचित्र हेर्न आउने दर्शकहरुले चलचित्र हेर्न नपाएको गुनासो गर्दै पुनः प्रदर्शनको लागि अनुरोध गरेको बताए ।
मार्च २३ तारिखको दिन कतारको दोहा सिनेमा तथा गल्फ सिनेमा हलमा भरिभराउ लुट हेर्द नेपाली दर्शक |
दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै उनीहरुलाई सन्तुष्ट पार्नु आफ्नो कर्तव्य भएको हुनाले पनि सो चलचित्र पुनः प्रदर्शन गर्न लागिएको हो । टिकट दर २५ र ३० कतारी रियाल रहेको बताउँदै सम्पुर्ण टिकटहरु सहजताको साथ सिनेमा हलको टिकट काउण्टरमा पाईने जानकारी बताएका छन् भने दोहाको नेशनल स्थित सम्सारा थकाली भान्छाघर तथा जेद्धा टावर स्थित नेपाली भान्छाघरमा पनि टिकट प्राप्त गर्न सकिने जानकारी खतिवडाले दिएका छन् । उक्त चलचित्र आगामी शुक्रवार विहान ११ बजे मात्र प्रदर्शन गरिने छ ।