Responsive Ad Slot

latest

गुल्मी सेवा समाजको चौथो साधारण सभा सम्पन्न ।

Tuesday, March 6

/ by Admin BHOLA THAPA

रवि रोषी
दोहा कतार  ६ मार्च । “गुल्मी सेवा समाज दोहा कतारको प्रतिबद्घता निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नाराका साथ गुल्मी सेवा समाज दोहा कतारको चौथो साधारण सभा सम्पन्न भएको छ । द्रोण ब. बस्नेत को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय समितीका सचिव टि. वी. कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथीहरुमा कतारका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, बुद्घिजिबी, इन्जिनीयर तथा गुल्मेली हरु तथा गैर गुल्मेलीहरुको  बाक्लो उपस्थित रहेको थियो । नेशनल स्थित ढाका रेष्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा बिभीन्न वक्ताहरुले मन्तव्य  राखेका थिए । गुल्मी सेवा समाजले कतारमा विभिन्न समयहरुमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रम एवम् शुभ दीपावलीको अबसरमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमका कलाकारहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष एवं सभाका सभापती बस्नेतले आफ्नो मन्तव्य तथा शुभकामना व्यक्त गर्दै पुरानो कार्यसमितीले सफलताको साथ सम्पन्न गरेकोमा बधाई दिएका थिए भने नयाँ निर्वाचित कार्यसमितीलाई आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरोस् भन्ने कामनाको साथै नवनिर्वाचित सवैलाई शुभकामना पनि दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी अर्थात् गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव टिबी कार्कीले प्रवासमा संस्था गठन गर्नु भनेको आआफ्नो क्षेत्र तथा जिल्लाबाट प्रवासमा आएका सवै गैर आवासीय नेपाली साथीहरुलाई एकै ठाउँमा समेटी व्यक्तिलाई समाजमा रुपान्तरण गरी संस्थागत गर्ने र प्रवासमा आईलागेका आफ्ना जिल्लावासीको हितको लागि तथा नेपाल स्थित आफ्नो जिल्लाको सामाजिक , शैक्षिक तथा अन्य क्षेत्रमा योगदान दिने उद्येश्यले गठन गरिने बताए । गुल्मेली सेवा समाजले पनि आफ्नो उद्येश्यमा सधैँ अडिग रही प्रवासी समाज तथा नेपालमा पनि राम्रो योगदान दिन सकोस् भनी कामना गरे । अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोश्रो चरण अथवा बन्द सत्रले १८ सदस्य कार्यसमिती पनि चयन गरेको छ । जस अन्र्तगत नयाँ कार्यसमितीहरुमा अध्यक्षमा लक्ष्मण पौडेल तुरांग ३ गुल्मी , उपाध्यक्ष  भरत सापकोटा तुरांग ८ गुल्मी, सह उपाध्यक्ष बिजय बिक्रम बस्नेत शान्तीपुर ८ गुल्मी, सचिव सुरेश बोहोरा (गुल्मी) तुरांग ८ गुल्मी, सह सचिव लिला मणि पन्थी (कुमार अविरल) अर्खले ६ गुल्मी, कोषाध्यक्ष बुद्घ पाण्डे पौँदि अमराई गुल्मी, सह कोषाध्यक्ष झबिन्द्र आचार्य छापहीले ४ गुल्मी रहेका छन् । 

त्यस्तै गरी सदस्यहरुमा श्री राम प्रसाद घिमिरे बिरवास २ गुल्मी, यम चन्द्र महत तम्घास २ गुल्मी, विष्णु प्रसाद पाण्डे सिमीचौर ८ गुल्मी, हिरामणि  भण्डारी रुपाकोट ९ गुल्मी, राजु पाण्डे वडागाउँ ५ गुल्मी, सन्तोष सगुन  तम्घास १ गुल्मी, मित्र ब. वि.क. अर्खले ७ गुल्मी, भरत गिरी इन्द्रेगौँडा ६ गुल्मी, यम ब. परियार छापहिले २ गुल्मी, डिल ब. जी. सी. छापहिले २ गुल्मी, गोविन्द न्यौपाने हँुगा ९ गुल्मी रहेका छन् । 

सो संस्थाको सल्लाहकार समितीमा द्रोण ब. बस्नेत तुरांग ३ गुल्मी, भीम तरामु ठुलो लुम्पेक ४ गुल्मी, प्रकास पौड्याल हरेवा ८ गुल्मी, विवेक ज्ञवाली रुद्रपुर रुपन्देही रहेका छन् भने संरक्षकमा बिशुखर्क ७ गुल्मीका यज्ञ मुर्ती खरेल रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI