काठमाडौं, फागुन १९-यदि नयिका निशा अधिकारी कत्तै भेटिईन् या देखिईन् भने उनलाई परैवाट हेर्नुहोला । तर, झुक्किएर पनि नछुनुहोला । यो कुरा हामी आम पत्रकार, चलचित्रकर्मी तथा दर्शकलाई भनिरहेका छौ । यदि, झुक्किएर कतै हिड्दा तपाई निशासँग ठोक्किन जानु भयो या उनीसँग तपाईको अन्जानमै स्पर्श भयो भने पनि तपाईलाई आरोप लगाउन सक्छिन् उनी ।एक कार्यक्रममा नायिका निशा अधिकारीले यस्तै व्यवाहार देखाएपछि आम पत्रकार तथा उपस्थित
चलचित्रकर्मीहरु अहिले यही कुरा भनिरहेका छन् कि निशालाई झुक्किएर पनि नछुनुहोला । अव कुराको चुरो तर्फ लागौं ।चलचित्र लुटले ५१ दिन मनाएको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा अधिकांश चलचित्रकर्मी, कलाकार तथा पत्रकारहरुको वाक्लो उपस्थिति रहेको थियो । यसैक्रममा, पत्रकारहरु क्यामेरामा फोटो तथा दृश्य कैद गरीरहेका थिए । कार्यक्रममा, नायिका निशा अधिकारी, मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्य पनि पुगेका थिए । यी वाहेक थुप्रै नायिकाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । यसैबीचमा फोटो खिच्ने क्रममा पत्रकार अनुप भट्टराईले निशाको फोटो खिच्न लागे । बसीरहेकी निशा जुरुक्क उठेर आईन् र आक्रोशित मुद्रामा पत्रकार भट्टराईको क्यामेरा खोसिन् । क्यामेरा खोस्न थालेपछि त्यहा एकछिन भनाभन पनि भयो ।
भनाभन भईरहेको समयमा निशाको छेउमै वसेकी साहाना पनि जुरुक्क उठेर आईन् र क्यामेरा खोस्न थालिन् । यसपछि, घटनाले उग्र रुप लियो । घटनाको विरोध पत्रकारले गर्न थालेपछि निशा अधिकारी एकाएक गायव भइन् । यता, साहानाले भने क्यामेराहरुको वीचमा घेरिएपछि पत्रकारले पनि कहाँ फोटो खिच्ने भन्ने वुझ्नु पर्ने वताईन् । तर, पत्रकारहरुको क्यामेराको वीचमा तर्कविहीन वनेकी साहारा एकाएक अर्मी अफिसर्स क्लबको एक कोठामा भुमिगत भएकी थिईन् । तर, पनि विना कारण पत्रकारमाथी भएको दुव्र्यवहारको अन्य चलचित्र पत्रकारहरुले खपेर वस्न सक्ने कुरा थिएन । पत्रकारहरुले विरोध चर्को रुपमा गरेपछि कार्यक्रम केही समय प्रभावित समेत वनेको थियो ।
पत्रकारको विरोध भएपछि कार्यक्रम आयोजना गरिएको स्टेजमा आएकी निशाले पत्रकार भट्टराईसँग माफी मागिन् । उनले, मैले जानेर यसो गरेको होईन, अन्जानमा भएको भन्दै माफी माग्न चाहन्छु भनिन् । यति भनेपछि, पत्रकार अनुप भट्टराईलाई पत्रकारहरुले वोल्न आग्रह गर्दै गर्दा निशा र अनुप सामान्य तवरले ठोक्कीए । यसपछि, निशाले फेरी माईक लिईन् र भनिन्, एकजना पुरुष पत्रकारले एक नायिकालाई छुन पाउँछ या पाउँदैन, हेर्नुहोस् त उहाँले मलाई छुनु भयो भन्दै तर्कहीन र निक्कै तल्लो स्तरको जवाफ फर्काईन् । निशाले यसो भनेपछि, उनको सोच र विचार कतिसम्म निम्न स्तरको रहेछ भनेर कार्यक्रम स्थानमा विश्लेषण भएको थियो । यसरी, आफुलाई सिनेमा क्षेत्रको फरक खालको र पढेको नायिका भन्दै ओभरस्मार्ट वन्दा नायिका निशा अधिकारीले नराम्रोसँग आलोचना भोगिरहेकी छिन् ।
तर, अचम्मको कुरा के छ भने, विषयसँग सम्वन्धित नै नरहेकी साहानाले ओभरस्मार्ट देखाउनुलाई भने गम्भिर रुपमा लिन सकिन्छ । साहाना पनि एक सञ्चारकर्मी हुन्, तर एक सञ्चारकर्मी भएर अर्को सञ्चारकर्मीसग कस्तो व्यवहार देखाउनुपर्छ र रिपोटिङ कसरी गर्नु पर्छ भन्ने समेत थाहा नभएकी साहानावाट आम दर्शकल के नै आशा गर्ने । गत बिहीबार पनि नायिका रेखा थापाले पत्रकारहरुलाई यस्तै व्यवहार देखाएकी थिईन् । पछिल्लो, समयमा कलाकारवाट चलचित्र पत्रकारहरुमाथि दुव्र्यवहार गर्ने क्रम निक्कै वढेको छ ।
यसैबीच, चलचित्र पत्रकार संघले कार्यसमितिको वैठक वसि यो घटनाको वारेमा आधिकारीक धारणा सार्वजनिक गर्ने बताएको छ । यसैले, हामी त फेरि भन्छौ, नायीका निशा अधिकारीलाई झुक्किएर पनि नछुनु होला ।