दुलेगौडा,
फागुन १०-गाउँमा रहेका सहकारी मार्फत युवा स्वरोजगार कार्यक्रम अगाडी वढाउन तनहुँको ढोरफिर्दीका साना किसानहरुले राष्ट्र वैंकका गर्भनरसँग माग गरेका छन् ।
साना किसान कृषि सहकारीको गतिविधीहरुको स्थलगत अनुगमनका लागी जिल्लाको ढोरफिर्दी आएका राष्ट्र वैंकका गर्भनर डा।युवराज खतिवडासँग त्यहाँका साना किसानहरुले गाउँका वेरोजगार युवाहरुलाई रोजगारी दिन युवा स्वरोजगार कोषको रकम साना किसान कृषि सहकारीलाई उपलव्ध गराउन माग गरेका हुन् ।
राष्ट्र वैंकका पोखरा शाखाका प्रमुख भोलानाथ वराल,साना किसान विकास वैंकका अध्यक्ष खेमवहादुर पाठक,प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा सहित अनुगमनमा आएका खतिवडाले ठुला वैंकहरुवाट स्वरोजगार कार्यक्रम प्रभावकारी नहुने भन्दै गाउँका सहकारी मार्फत स्रोजगार कार्यक्रम अगाडी वढाउनुपर्ने वताउनुभयो । गर्भनर खतिवडाको टोलीले ढोरफिर्दीका साना किसानहरुलाई भेटी उनिहरुको गतिविधीको वारेमा जानकारी लिएका थिए ।
सो क्रममा ढोरफिर्दी ३ मालेवगर मा रहेको नमुना तरकारी खेति,युवाहरुको सक्रियतामा ढोरफिर्दीको गणपतिमा संचालित ग्रिल उद्योग,कृष्णवहादुर कुमालको वंगुर र माछा पालन, दुलेगौंडामा चन्द्रवहादुर ठकुरीको गाई पालनको अनुगमन गरिएको थियो । यसैविच दुलेगौंडा ७ मा स्थापना भएको एल्मुनियमको झ्याल,ढोका वनाउने उद्योग ग्लोवल इन्टरप्राइजेजको पनि गर्भनरले अवलोकन गनुभएको थियो । यसअघि आजै साना किसान विकास वैंकका अध्यक्ष पाठकले सो उद्योगको उद्घाटन गर्नुभएको थियो ।
७०० भन्दा वढि शेयर सदस्य रहेको ढोरफिर्दीको साना किसान सहकारी ले करिव ८ करोड रुपयाँ साना किसानका लागी लगानि गरेको छ । सहकारीमा आवद्ध किसानले व्यावसाहिक माछापालन,वङ्गुर पालन,तरकारी खेती गरेका छन् । सहकारीले ९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरेको सहकारीका अध्यक्ष मित्रलाल भटराईले जानकारी दिनुभयो ।इ तनहुँ