Responsive Ad Slot

latest

प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण I

Monday, February 13

/ by Admin BHOLA THAPA

मीना थापा मगर
पोखरा
फागुन १ गते,
लखनचोकमा अवसस्थित नेपलाका प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण गरिएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराइले आज एक कार्यक्रमका बीच उक्त शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्दै उहाँले नेपालको जहानीया राणा शासन विरुद्ध आफ्नो ज्यान बलिदानी दिने शहिद लखन थापा मगरको उच्च मूल्याङ्कन गर्दै दिगो शान्ति र देशको उन्नतिको लागि आज सम्पूर्ण नेपाली जनता उहाँले देखाएको बाटोमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले लखन थापालाई नेपालकै प्रथम शहिद घोषणा गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाउनुभएको थियो ।

२०६२÷६३ सालको जनआन्दोलनमा पृथ्वीनारायण शाहको शालिक तोडफोड भएपछि ऐतिहासिक स्थललाई जोगाइराख्न र शहिदको योगदानलाई कदर गर्दै नेपाल मगर संघको नेतृत्वमा उक्त ठाउँमा नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक राखिएको संघका अध्यक्ष पूर्ण राना मगरले बताउनुभयो ।
जहानिया राणा शासन विरुद्धमा विद्रोह गरेको भन्दै १९३३ फागुन २ गते जंगबहादुर राणाको नेतृत्वमा उनलाई गोरखाको बुङ्कोट, भङ्गारामा झुण्ड्याएको मारेहका थिए । उनलाई फाँसी दिएको दिन फागुन २ गते लखन दिवसको रुपमा मनाइदै आएको छ ।
यसैबीच हरेक वर्ष फागुन २ गते मनाईने लखन दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ । १३५औं लखन स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले फागुन २ गने दिउँसो स्मृति सभाको आयोजना गरिने र साँझ लखन चोकमा दिप प्रज्वलन गरिने नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले बताउनुभयो । कार्यक्रममा मगर संघका भातृ संस्था, आदिवासी जनजाति महासंघ तथा विविभन्न संघ संस्थाको सहभागिता रहने उहाँले बताउनुभयो । यसैगरी प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको आयोजनामा राजधानीमा विविध कार्यक्रमको आयोजना गरिने अध्यक्ष रुलबहादुर आले मगरले बताउनुभयो ।

यसैगरी भोली प्रत्यक जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष शहिद लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्नुपर्ने लगायत विभिन्न माग सहितको ज्ञापन पत्र बुझाउने संघले बताएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI