Responsive Ad Slot

latest

प्रहरी एक्लैले बिकृति बिसङगति र अपराधलाई नियन्त्रण गर्न सक्दैन I

Saturday, February 25

/ by Admin BHOLA THAPA

नारायण सापकोटा,
चितबन ,फागुन १३ गते ।

चितवनका प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले, प्रहरी एक्लैले मात्र जिल्लामा भएका बिकृति बिसङगति र अपराधलाई नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । सामुदायिक सेबा केन्द्र नारायणगढले आज गरेको एक अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले, जनताको साथ बिना, प्रहरीले कुनै पनि अपराधलाई नियन्त्रणमा लिन नसक्ने भएकोले जनताले पनि हातेमालो गर्नुपर्ने बताउनुभयो । चितवनमा अपराधका घटनामा कमि आएपनि, सोचे जस्तो सुधार ल्याउन नसकिएको स्वीकार गदै उहाँले, जिल्लाको सुरक्षा अबस्थालाई मजबुत बनाउन हरेक तह र तप्काका नागरीकले साथ दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै नागरीक समाजका अध्यक्ष केदार मल्लले, समाज बिकृती तर्फ उन्मुख भएको बताउदै, हामीले आफैले नै यस्ता बिकृतीहरुलाई भित्राउन भुमिका खेलेकोले त्यसमा सुधार ल्याउन हरेक नागरीक र समाज नै अघि बढ्नुपर्ने बताउनुभयो । 

नागरीक सुरक्षा आजको मुख्य चुनौति आएको भन्दै, जनता र प्रहरी बिचको सहकार्यबाट मात्र सुरक्षाको भयमा कमि ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै सामुदायिक सेबा केन्द्रकी सल्लाहाकार सरस्वती रिजालले, प्रत्येक बाबुआमाले आफ्ना छोराछोरीको गतिबिधी सुक्ष्म ढंगबाट नियाल्ने हो भने, समाजमा अपराधका घटनामा पनि कमि आउने बताउनुभयो । उहाँले परीवारले अनाबश्यक रुपमा आफ्ना सन्तान प्रति देखाउने मायाले गर्दा छोराछोरीमा अपराधि मनोबृति बढन सक्ने सम्भाबना बढि हुने बताउनुभयो ।

कार्यक्रममा टोलसुधार समन्बय समितीका अध्यक्षहरु, केन्द्रका उपाध्यक्ष राज कुृमार श्रेष्ठ, लगायतले बोल्नुभएको थियो । कार्यक्रम केन्द्रकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा भएको हो

Don't Miss
© all rights reserved
made with by netKUTI