भिम तमु सविनय, दुबइ - गत फेब्रुरी २४,२०१२ मा कलाकारहरुको बिदाई सम्पन्न भएको छ । डिसिम्बरको अन्तिममा युएइमा रहनुहुने गीत संगीतका पारखीहरुको मन जित्न आएका कलाकारहरु लोक दोहोरी क्षेत्रमा चर्चापरिचर्चा कमाएका संजय तमु, पार्वती तमु, प्रेम तमु र सम्झना तमुलाई तमु समाज युएइले आगामी २८ फ़ेब्रुरिमा नेपाल फर्किँदै छ भन्ने सुन्ने बितिकै तमु समाज युएइका पदाधिकारी साथीहरु एकास्सी बिदाई कार्यक्रम गर्ने निर्णय गर्न पुगे । समाजका अध्यक्ष ढेर राज तमुको सभापतित्वमा सो बिदाई कार्यक्रम सम्पन्न भएको थियो भने समाजका महासचिब नर तमुले कार्यक्रम संचालन गर्दै उपस्थित सम्पुर्ण तमु तमुस्योहरुलाई स-धन्यबाद दिनुभएको थियो ।
समाजको तर्फबाट ढेर राज तमु, नर तमु, भोज राज घले र भिम तमु सविनयबाट खादा ओढाई ४ जना कलाकारलाइ मायाको चिनो प्रदान गरेको थियो भने लोक दोहोरिमा चितवने ग्रुप भनि चर्चित साथीहरु पनि सहभागी भएर साथ दिएका थिए । स्मरण रहोस तमु समाज युएईले गत मु प्री ल्होसारमा प्रसंशा पत्र सहित सम्मान गरिसकेको छ ।
४ जना कलाकारहरुको प्रस्तुतिले युएईलै संगीतमय बनाई आज नेपालमा फर्किँदा कता नरमाइलो त कतै रमाइलो महसुस भएको बिदाई भन्नु नै यस्तै एकतिर हाँसो अर्को तिर रोदन बिदाई यसकै सङ्गम हो । स्वदेश फर्किनु सबैको लागि उत्तम हो तर साथी भाई १/२ पल सँगै रमाइलो गरियो बिदा हुँदा नरमाइलो लग्नु स्वाभाविक नै हो ।
यस्तै भनाइहरु बिदाईसंगै समाजका सहभागी साथीहरु उषा तमु, मुनिन्द्र तमु भिम तमु सविनय लगायतले शुभकामना दिँदै आगामी दिनमा सफलताको शिखर चुम्न तमु कलाकारले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउन र आगामी दिनमा समयले साथ दिए तमु समाज युएई फेरी पनि यहाँहरुलाई निम्तो दिने बचनका साथ अध्यक्षले बिदाई कार्यक्रम समापन गरेका थिए ।