नेपाली दुताबास साउदी अरेवियाले गरेका कुटनितिक प्रयासहरु
सागर श्रेष्ठ
साउदी अरब माघ २९ गते ।
प्रयास ग¥यो भने सबैकुरा सम्भब छ । संसारमा असंम्भब भन्ने कुरा छैन । साउदी अरेवियामा आफ्नो परिश्रम बेचीरहेका झण्डै ६ लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ । यहां अनगिन्ती समस्याहरु नभएको होईन । तर विगतको बर्षहरुमा भन्दा केहि नेपालीहरुको समस्या दिन प्रतिदिन सहज र सुधार हुदै गईरहेको छ । जस्तै नेपाली महिलाहरु ल्याउने सम्बन्धमा, भगौडा कामदारहरुको बारेमा, नेपालीहरुको तलब सुविधाको बारेमा, नेपालीहरुको लास नेपाल पठाउने सम्बन्धमा, नेपालमा साउदी अरेवियाको दुताबास खोल्ने सम्बन्धमा, साउदी अरेवियाको राजधानी रियादबाट करिब १४०० किमी टाढा जेद्वा शहरमा दुताबासको सम्पर्क कार्यलय खोल्ने सम्बन्धमा दुताबासले गरेको यी आदी पहल प्रशंसनिय देखीन्छ । नेपालीहरुको समस्या आ–आफ्नै ठांउमा छन तर पनि यि सुधारका संकेतहरुले केहि मात्रामा भए पनि नेपालीहरुको समस्या समाधानहुने प्रवाल सम्भावनाहरु रहेको देखिन्छ । उदयराजको पहलमा भईरहेको यि कामहरु यसै हप्ता पिएनएन अनलाईन रेडियोको एउटा छुटै, जानकारी शिक्षा र चेतना मुलक कार्यक्रम अभियानमा महामहिम राजदुत श्री उदयराज पाण्डे ज्यूले सार्वजनिक गर्नु भएको हो । विस्तृत रुपमा जान्नको लागी पिएनएन अनलाईन रेडियो सुन्नुहोस करिब १५ ओटा भन्दा बढि अनलाईन मिडियाहरुबाट प्रसारण हुने यस कार्यक्रम अब तपाईले युट्युबबाट पनि सुन्न सक्नुहुनेछ । पिएनएन अनलाईन रेडियोको ६४ औं भाग सुन्नको लागी यो तलको लिङ्क थिच्नुहोस ।