Responsive Ad Slot

latest

"गीत" I

Friday, February 24

/ by Admin BHOLA THAPA
-राजेश रुम्बा लामा "अतृप्त"


सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिया
-
साँच्नु बरु धेरै रहर सारा जगत हेर्छु भनि
काँडेयुगलाई बदलेर फूलको भेषमा फेर्छु भनि

-दरो बनाउ इच्छ्या शक्ति कहिल्यै नहार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिया
-
जहाँ इक्छ्या त्यहीं उपाय यदि तिमीले चायो भने
बन्नु पर्छ बतास तिमी मनमा बादल छायो भने
गर्दा सबै पुरा हुन्छ चाह नमार्नु प्रिया
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
-
सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय


चितवन-१ बिरेन्द्र नगर
हाल दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI