Responsive Ad Slot

latest

नायक तथा निर्माता नवल खड्कालाई दोहामा अभिनन्दन तथा विदाई I

Monday, February 27

/ by Admin BHOLA THAPA
रवि रोषी
कतार (दोहा) फागुन १५ गते ।
भारतद्धारा अतिक्रमित भूमि तथा दशगजा सम्बन्धमा केन्द्रिकृत रही निर्माण गरिएको चलचित्र दशगजाका नायक तथा निर्माता नवल खड्कालाई कतारमा विभिन्न १३ संस्थाहरुले सम्मान तथा विदाई गरेका छन् । नेपाली चलचित्र निर्माण गर्नेहरुको भीडमा नितान्त नवीन तथा राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र दशगजाका निर्माता तथा नायक खड्कालाई कतारका विभिन्न संस्थाले राष्ट्रिय सम्पतीको बचाव र संरक्षणमा राज्यले उठाउनु पर्ने आवाज एक चलचित्र निर्माताले मनोरञ्जनको माध्यमबाट संवाहकको भूमिका निर्वाह गरेकोमा धन्यवाद सहित अभिनन्दन व्यक्त गरेका थिए ।

वर्तमान नेपालको राजनीतिक अस्थिरता माथि व्यंग्य कसाईको सम्मीश्रण र नेपाली नेताहरुको लाचारीपनाको कारणले छिमेकी राष्ट्र भारतले नेपालको भूमिमाथि हस्तक्षेप गर्दै भूमि अतिक्रमण गरिएको सत्य कथामा आधारित चलचित्रले प्रवासमा रहने सम्पुर्ण नेपाली समुदायमा पनि चेतना संवाहन गरेको आवद्ध संस्थाहरुले दावा गरे ।

विभिन्न सञ्चार माध्यमहरुमा दशगजाको बारेमा आंशिक जानकारी पाएपनि चलचित्र हेरीसकेपछि सिंगो राष्ट्रवादी नेपालीहरुको आवाज बोकेकोले यस्ता चलचित्रलाई आगामी दिनमा पनि कतारमा पुन प्रदर्शन गर्न हामी थप पहल गर्नेछौँ, खोटाङ सेवा समाजका एक ब्यक्तिले बताए । सिंगो नेपाल र नेपालीहरुको भावनालाई समेटेर चलचित्र निर्माण गर्ने चलचित्र निर्माता तथा नायक खड्कालाई खोटाङ सेवा समाज लगायत अन्य विभिन्न १३ संस्थाले अभिनन्दन तथा विदाई गरेका थिए ।

नायक तथा निर्माता खड्कालाई अभिनन्दन तथा विदाई गर्नेहरुमा नेपाल जनप्रगतीशील मञ्च, पर्वत सेवा समाज, प्रवासी नेपाली सांगीतिक परिवार, खोटाङ हलेसी बचत तथा ऋण सहकारी संस्था, नवोदित मोवाईल पुस्तकालय, पाथेका बचत तथा ऋण सहकारी संस्था, भूजेल सेवा समाज, रोल्पा जलजला सेवा समाज, सर्लाही सेवा समाज, टिम नेपाल, नेपाल प्रवासी दलित एकता समाज तथा किराँत राई यायोख्खा रहेका छन् । समाचार संकलनको भेटक्रममा नायक खड्काले बताए, कतारमा दशगजाको प्रदर्शनी अत्यन्त सफल रहेकोले सम्पुर्ण कतारवासीहरुलाई धन्यवाद दिँदै आगामी समयमा कतारमा पुनः प्रदर्शनीको लागि आमन्त्रण गरिने कुराले मलाई धेरै खुशी प्राप्त भएको छ ।
कतारमा दशगजा प्रदर्शन गरीसकेपछि उनले भने राष्ट्र र राष्ट्रियताको मूल्य र मान्यतालाई छातीभरि संगाल्ने मुटुहरु देशमा होइन विदेशमा त्यस मध्ये पनि कतारमा प्रचुर पाएँ । चलचित्र निर्माण गरेर पाएको यो अभिनन्दन र कतारका दर्शक तथा संस्थाहरुको यो सम्मानले म कतारवासी नेपालीहरुप्रति म सधैँ नतमस्तक भईरहनेछु , उनले अन्त्यमा भने ।
Don't Miss
© all rights reserved
made with by netKUTI