लालबहादुर ढेंगा, दुबई, माघ २३,
नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका पुजना स्त्री (प्रधान) होली खेल्न तथा होलीको अवसरमा सांगीतिक धमाका गर्न दुबई आउने भएकी छिन् । साथमा स्थानीय ख्यातिप्राप्त कलाकारहरु ज्ञानु लामा, छविकिरण भट्टराई, अनुराग, सम्झना वाईवा, आशिष पुरुष, निरन संगीत, जयराम लामा, अस्मि लामा, राज राना, शान्ति थापा मगर, रविन एडम, यमन गुरुङ, सरस्वती ठोकर, नारायन बास्तोला र चर्चित मोडल सृष्टी श्रेष्ठको बेजोड प्रस्तुति हुने भएको छ । उक्त कार्यक्रम आगामी २ मार्च २०१२ शुक्रबारका दिन दुबईको इम्पिरियल स्वीट्स होटलमा सम्पन्न हुने भएको छ । सो सांगीतिक धमाकामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ विविध रोचक कार्यक्रमहरु पनि पस्कने आयोजक आशिष पुरुष र जयराम लामाले जनाएको छ । “होली अर्थात् रंगको पर्व, को अवसरमा रंगीविरंगी रंगसंगै विभिन्न सांगीतिक कार्यक्रमले तताउने भएको छ ।
नेपाली चर्चित चलचित्र आंधी तुफान, अभमन्यु र भर्खरै मात्र रिलिज भएको श्रीमान् चलचित्रबाट ख्याति कमाएकी पुजना स्त्री (प्रधान) को लागि दुबई नौलो होइन । उहां दोस्रो पटक दुबईको भ्रमणमा आउंदै हुनुहुन्छ । उहांको दुबई आउने खबरले युएईका शुभचिन्तकहरु निकै उत्साह देखिएका छन् भने स्थानीय कलाकारहरुले पनि आफ्नो तयारी तिब्र रुपमा अगाडि बढाएका छन् । यस कार्यक्रमका मुख्य आयोजक आशिष पुरुष र जयराम लामाले युएईस्थित रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुनको लागि बिशेष निमन्त्रणा समेत गरेको छ । यसै समाचारलाई आधार मानेर निम्न स्थान र निम्न मितिको दिन उपस्थित हुनको लागि आग्रह गरेको छ ।