Responsive Ad Slot

latest

प्रमुख तीन दलको बैठक आज I

Saturday, February 11

/ by Masti Entertainment
काठमाडौं, माघ २८,

संविधान निर्माण प्रक्रिया र दलहरुबीचको सहकार्यको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ । दोस्रो पटक संसोधित संविधान निर्माणको कार्यतालिका, संविधान निर्माणमा भइरहेको ढिलाइको बारेमा छलफल गर्न एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक आज बस्न लागेको हो । बिहान ८ साढे ११ बजेपछि सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा तीन दलको बैठक सुरु हुनेछ ।

माघ मसान्तसम्ममा संविधानका विवादित बुँदामा सहमति गर्नेगरी गएको माघ १५ गत्ते संविधान निर्माणको कार्यतालिका दोस्रो पटक संसोधन गरिएको थियो । संसोधित कार्यतालिका अनुसार विवादित बुँदामा सहमति गर्नुपर्ने भए पनि शासकीय स्वरुप लगायत उपसमितिले सहमति जुटाएका केही बिषयलाई संबैधानिक समितिले अझै अनुमोदन गर्न सकेको छैन ।

आजको बैठकमा विवादित बुँदामा सहमति गर्नेगरी छलफल हुने नेताहरुले बताएका छन् । तीन दलको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनको बारेमा समेत छलफल हुने प्रधानन्त्री निकटस्रोतले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI