काठमान्डौ फागुन १२ गते ।
नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनले आज आफ्ना माग पूरा गराउने बारेमा सभासद तथा मुख्य सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सिंहदरवारमा रहेको एकीकृत माओवादीको संसदीय दलको कार्यालयमा दिउँसो हुने बैठकमा अस्थायी शिक्षकहरुको माग पूरा गराउने बारेमा छलफल हुने नेपाल गणतान्त्रिक शैक्षिक मन्चले जनाएको छ ।
संविधानसभामा प्रतिनीधित्व गर्ने दलका सभासद तथा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरु, मन्च र युनियनका पदाधिकारी छलफलमा सहभागी हुनेछन् ।
अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा र भत्ता,नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे मागसहित मन्च र युनियनले आन्दोलन गरिरहेका छन् ।