Responsive Ad Slot

latest

सहकारी व्यवस्थापन र सञ्चालनमा कमजोरी भएको गुनासो I

Saturday, February 25

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन,फागुन १३ गते ।

सहकारी संघ सस्थाहरुको विकास भएता पनि त्यसको प्रभावकारितामा खासै ध्यान नदिईएको एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले दिईएको पल्र्स अनुगमन प्रणाली प्रशिक्ष्ँण कार्यक्रममा सहभागिहरुले यस्तो वताएका हुन् । कार्यक्रममा प्रमुख अतिथी नेपाल बचत तथा ऋण सहकारी संघकी केन्द्रिय अध्यक्ष शान्ति अधिकारीले सहकारी संघ सस्थाहरुलाई गुणस्तरियता बनाउनु पर्नेमा जोड दिनु भयो । सहकारी स्थापना गरे पनि व्यवस्थापन र सञ्चालनमा कमी कमजोरी भईरहने भन्दै यस्तो किसिमको त्रुटि सञ्चाउन पल्र्सको अनुगमन प्रणाली प्रशिक्ष्ँण दिईएको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि को अध्यक्ष्ँ नवराज सापकोटाले वताउनु भयो ।

कार्यक्रममा सहकारी डिभिजनका प्राचार्य वलराम निरौला, पल्र्सको प्रशिक्षक नविन सापकोटा, र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका नवराज सापकोटाले प्रशिक्षण दिदै सहभागिहरुलाई ऋण सुरक्षण, व्यवस्था, प्रभावकारी वित्तिय संरचना, सम्पत्तिको गुणस्तर, लगानीमा प्रतिफल र लागत, तरलता, र बृद्धि संकेतको विषयमा सजकता गराउनुका साथै त्यसको कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । 

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटाको अध्यक्ष्ँतामा भएको कार्यक्रममा चितवनका २२ वटा सहकारी संघका २७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI