Responsive Ad Slot

latest

नेपालमाथिको सिनेमाले कमायो २१ करोड I

Wednesday, February 22

/ by Admin BHOLA THAPA
katmandu_in1_400काठमाडौं १० फागुन,

नेपालमाथि बनेको स्पेनी सिनेमा ‘काठमाडौं : मिरर इन द स्काइ’ले दोस्रो सातामा दुई मिलियन युरो (२० करोड ८० लाख नेरु) ग्रस कलेक्सन गरेको छ । इथिआर बोलिने निर्देशित सिनेमाले उक्त कलेक्सन गरेको निर्माण संस्था मिडिया फिल्मसले जनाएको छ । वर्ष २०१२ मा सिनेमा नेपालमा रिलिज हुँदैछ । राजधानी म्याड्रिड सहित मोफसलका तीन दर्जन थिएटरमा सिनेमा प्रदर्शन भैरहेको छ ।

katmandu_in2

नेपालको दुर्गममा स्पेनी महिलाले केटाकेटीलाई पढाउन गर्नुपरेको संघर्ष सिनेमाको कथानक हो । भेरोनिका एचुगुई, सौम्यता भट्टराई, नोर्वु छिरिङ गुरुङले अभिनय गरेका छन् । मिडिया फिल्मसले लुइस डे भालले मेरोसिनेमालाई उक्त आम्दानीको जानकारी दिए । ‘सिनेमालाई स्पेनमा रुचाइएको छ’ सिनेमाबारे लुइसले भने, ‘स्पेनी नागरिकले विदेशमा गर्नुपरेको संघर्षले यहाँका धेरैको मन छोएको छ ।’

katmandu_in3

दुई साताअघि सिनेमालाई मड्रिडमा प्रिमियर गरिएको थियो । नोर्वु छिरिङ भुषण दाहाल निर्देशित सिनेमा ‘कागवेनी’का अभिनेता पनि हुन् । लुइस डे भल र ल्यारी लिभेनेले मिलेर सिनेमा निर्माण गरेका हुन् । लामो समयदेखि डकुमेन्ट्री फिल्म निर्माणमा संलग्न रहेको मिडिया फिल्मसले पहिलोपटक ‘काठमाण्डू : मिरर इन द स्काइ’ नामक सिनेमामार्फत फिचर सिनेमा निर्माणमा हात हालेको हो । निर्माता लुइसले चाँडै नेपाल रिलिज घोषणा गरिने बताए । मेरोसिनेमा,
Don't Miss
© all rights reserved
made with by netKUTI