Responsive Ad Slot

latest

इजरायलमा नेपाली महिला सडक दुर्घटनामा- अवस्था गम्भीर I

Tuesday, February 21

/ by Admin BHOLA THAPA
दिमागको अप्रेसन गर्ने तयारी भइरहेको
गत शनिवार साँझ इजरायलको खदेरामा दुर्घटनामा परेकी  काठमाण्डौ चोभार चाल्लाखेल स्थायी घर भई विगत करिव ५ बर्ष अघिदेखि इजरायलमा कार्यरत अन्दाजी ४० बर्षिय मिना दर्नालको पछिल्लो स्थिती अत्यन्तै चिन्ताजनक बन्दै गइरहेको छ ।

टाउकोमा लागेको गम्भिर चोटका कारण दिमागमा गम्भिर असर पर्नुकासाथै भित्र रक्त श्राव भई दिमागमा रगत पस्दा स्थिती झनै गम्भिर बन्न पुगेको छ भने उनको छिट्टै दिमागको अप्रेसन गर्ने तयारी भइरहेको अस्पताल श्रोतलाई उदृत गर्दै नेपाली नारी आवाज इजरायलकी कोषाध्यक्ष लिला लिम्वुले जानकारी दिनुभयो ।


काम खोज्ने शिलशिलामा तेलअभिवदेखि उत्तरी भागमा रहेको खदेरामा गएकी घाइते मिना दर्नाल बाटो  पार गर्ने क्रममा कारले ठक्कर दिंदा दुर्घटनामा परेकी थिइन । उनलाई वोहास अवस्तामा इजरयल प्रहरीको सहयोगमा दुर्घटनास्थलदेखि नजिकै रहेको इलिल याफो अस्पताल खदेरामा लगिएको थियो । उनी यो समाचार तयार गर्दासम्म वेहोस अवस्थामा नै रहेकी छिन ।

अस्पातलले घाइतेको पारिवारिक सदस्य चाहिने बताउदै रोजगारीकै शिलशिलामा मलेशियामा कार्यरत घाइते मिना दर्नालको छोरालाई नेपाल हुँदै इजरायल झिकाउन आवश्यक कागजात पुरा गरी नेपाली राजदूतावास मार्फत प्रक्रिया शुरु गरेको अस्पताल श्रोतलाई उदृत गर्दै लिला लिम्वुले  जानकारी दिनुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI