मुम्बई (भारत), फागुन ४ (एजेन्सी)- अचेल त बोल्ड सुन्दरीमाझ नग्न तस्बिर खिचाउने प्रतिस्पर्धा नै सुरु भएजस्तो छ। तर यो प्रतिस्पर्धा भारतमा भइरहको छ है। नग्न तस्बिर प्रकरणलाई लिएर चर्चामा रहँदै आएकी किङ्गफिसर मोडल पुनम पाण्डेभन्दा एक कदम अगाडि बढ्दै अभिनेत्री सर्लिन चोपडाले पनि आफ्नो पूर्ण नग्न तस्बिर टि्वटरमा जारी गरेकी छिन्।

सर्लिनले यस अघि पनि आफ्नो नग्न तस्बिर टि्वटरमा जारी गरेकी थिइन्। त्यसको असर यस्तो भयो की उनको अकाउन्टमाथि नै प्रतिबन्ध गरिएको थियो। ति तस्बिर हटाएपछि मात्र उनको अकाउन्ट सुरु गरिएको थियो। सम्भवतः पूनम पाण्डेको पछिल्लो नग्न तस्बिरले सर्लिनलाई असुरक्षित महसुस गराएको थियो। त्यसपछि 'लोहारको एक चोट' भन्दै उनले आफ्नो गरमागरम तस्बिर नेटमा जारी गरिन्। साभार ः नागरिक न्युज डट कम