पवित्रा शाही, रेडियो बुद्धआवज, फागनु १३,
कपिलवस्तुकापिलवस्तुमा आजबाट साहित्य महोत्सव सुरु हुने भएको छ । कार्यक्रममा सहभागी हुन पश्चिमाञ्चलका १६ जिल्लाका साहित्यीक स्रष्टाहरु भेला भएका छन् ।
आयोजना जनचेतना प्रतिभा सम्मान कोष बिसनपुर ५ लक्ष्मणपुरको आयोजनामा साहित्य महोत्सव, स्रष्टा सम्मान तथा शिक्षासेवीहरुको अभिनन्दन कार्यक्रम हुन लागेको हो ।
२ दिनसम्म चल्ने महोत्सवमा आज उपराष्ट्रपति परमानन्द झाले पनि सहभागिता जनाउनु हुने भएको छ । कार्यक्रममा भवानी भिछु स्मृति सदनको उद्घाटन र सरु भतmलाई पश्चिमाञ्चल गौरव सम्मान प्रदान गरिने कोषका अध्यक्ष बासुदेव जमरकटेलले जानकारी दिनुभयो ।
यस्तै शिक्षा क्षेत्रमा योगदान पु¥याउने कपिलवस्तु क्षेत्र नम्बर ४ र ५ का ६ जना शिक्षाप्रेमी र लुम्वीनी अञ्चलका ५ जना साहित्यक स्रष्टालाइ सम्मान गरिने भएको छ ।