सुभास लामिछाने
चितवन फागुन ८ गते ।
पटिहानी पर्यटन महोत्सवको आज चौथो दिन आज पनि बिबिध कार्यक्रम सम्पन्न भएका छन् । आज को बिषेश आर्कषणको रुपमा गायक मिलन लामा र हास्यकलाकार सुब्बा दाजु र रबि डङगोल बेइमानको बिषेश प्रस्तुतिद्धारा दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।
यसअघि हिजोको संस्कृतिक कार्यक्रममा मेरि बास्सैका धुर्मुस र सुन्तलीले दर्शकहरुलाइ भरपुर मनोरन्जन दिएका थिए । हिजो मात्रै ८ हजार दर्शकले महोत्सब अबलोकन गरेको महोत्सब प्रचार प्रसार समितिका संयोजक रामजी सापकोटाले जानकारी दिनुभयो ।
पर्यटन महोत्बसमा ऐतिहासिक स्थलहरुको अवलोकन, बिभिन्न जात जातिको सस्कृतिको अवलोकन, जिप सफारी यात्रा, हात्ति शयर, डुंगा सयर, सुयोदय तथा सुर्यअस्तको अवलोकन प्रमुख आर्कषणका केन्द्र रहेका छन । पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिने संम्भाबना प्रचुर मात्रामा हुदा हुदै पनि पछाडि परेको उक्त क्षेत्रका पर्यटकिय स्थानहरुका बारेमा जानकारी गराउनु महोत्सवको मुख्य उदेश्य रहेको महोत्सब संयोजक खेम भटटले बताउनुभयो ।